बिहिबार, २० बैशाख २०८१

हिंसा गर्नेले उन्नमुक्ति नपाउनेः मन्त्री थापा

२५ बैशाख २०७५, मंगलवार २३:०८ मा प्रकाशित

काठमाडौँ, २५ वैशाख (रासस) ः महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले महिला र बालबालिका माथि हिंसा गर्ने कोहीपनि उन्नमुक्ति नहुने बताउनुभएको छ ।

मन्त्रालयद्वारा आज यहाँ आयोजना गरेको ‘जनप्रतिनिधिका लागि लौङ्गिक हिंसासम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम’ को समापन अवसरमा उहाँले भन्नुभयो, “हिंसाको घटना घटाउनेलाई कुनैपनि बहानामा उन्मुक्ति दिइने छैन् ।”

मन्त्री थापाले हिंसा न्यूनीकरणका लागि स्थानीय सरकारले सशक्त रुपमा काम गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

महिला अधिकारकर्मी शर्मिला कार्कीले समाज रुपान्तरणसंगै महिलाले पनि धेरै अधिकार पाएका छन्, प्राप्त ती अधिकारलाई संस्थागत गर्न सकेपनि ठूलो सफलता हुने बताउनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter