मङ्गलबार, १८ बैशाख २०८१

प्रधानमन्त्रीद्वारा छलफल

२५ बैशाख २०७५, मंगलवार २३:०४ मा प्रकाशित

काठमाडौँ २५ वैशाख (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वपराराष्ट्र मन्त्री तथा वरिष्ठ राजनीतिक व्यक्तित्वसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका सम्बन्धमा छलफल गर्नुभएको छ ।

प्रधानमन्त्रीले ओलीले भारत भ्रमणको क्रममा आफूले पहिलो दिनको भेटमै भारतीय समकक्षीसँग सुझाएको मितिमै उहाँको नेपाल भ्रमण हुन लागेको जानकारी गराउनुभएको प्रधानमन्त्रीको निजी सविचालयले जनाएको छ ।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्रीको राजकीय भ्रमणका अवसरमा आयोजना गरिने कार्यक्रमका बारेमा अवगत गराउनुभएको थियो ।

छलफलका क्रममा पूर्वप्रधानमन्त्री तथा पूर्वपराराष्ट्रमन्त्री माधवकुमार नेपालले भारतले सीमा क्षेत्रमा बनाएका बाँधहरुका कारण हरेक वर्ष नेपालमा डुबान हुने समस्याका सम्बन्धमा भारतीय पक्षले संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिनु भएको थियो ।

पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, महेन्द्रबहादुर पाण्डे, डा भेषबहादुर थापा तथा पूर्वरक्षामन्त्री भीमबहादुर रावल, राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले भारतका तर्फबाट गरिएका प्रतिबद्धता पूरा गरिनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

भ्रमणका अवसरमा भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुर र काठमाडौँमा नागरिक अभिनन्दन गरिने कार्यक्रम छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter