मङ्गलबार, १८ बैशाख २०८१

पुस्तकालयलाई जग्गा उपलब्ध गराउन पहल गर्छु – अध्यक्ष दाहाल

२५ बैशाख २०७५, मंगलवार २२:५६ मा प्रकाशित

काठमाडौँ, २५ वैशाख (रासस) ः नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयको भवन निर्माणका लागि आफूले पहल गर्ने बताउनुभएको छ ।

पुस्तकालयको वार्षिक साधारणसभालाई आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले सो आश्वासन दिनुभएको हो ।

“सार्वजनिक पुस्तकालयको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन मेरोतर्फबाट पहल हुन्छ”, अध्यक्ष दाहालले भन्नुभयो ।

अध्यक्ष दाहालले भृकुटीमण्डलभित्रै पुस्तकालयको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन आफूले सरकारसँग कुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यस्तो पुस्तकालयलाई आधुनिक प्रविधियुक्त बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

विगत १५ वर्ष पहिले स्थापना गरिएको उक्त पुस्तकालयको भवन छैन । पुस्तकालयले भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।

साधारणसभामा नेपाली काँग्रेसका नेता एवं पुस्तकालयका अभियन्ता डा नारायण खड्काले आम नागरिकलाई सहजरुपमा पठनपाठनका लागि पुस्तकालय स्थापना गरिएको बताउनुभयो ।

उहाँले पुस्तकालयका लागि भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने विषयमा पहल गर्न अध्यक्ष दाहाललाई आग्रह गर्नुभएको थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter