शुक्रबार, १४ बैशाख २०८१

ध्वनि प्रदूषण गर्नेमाथि वीरगन्जमा कारबाही सुरु

२४ बैशाख २०७५, सोमबार १६:३२ मा प्रकाशित

वीरगन्ज

अत्याधिक ध्वनि प्रदूषण गरी सर्वसाधारणलाई असर पु¥याउने दुई युवालाई पर्सा प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही सुरु गरेको छ । ध्वनि प्रदूषण गर्नेलाई पर्सा प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक मुद्दा ऐनअन्तर्गत कारबाही थालेको यो पहिलोपटक हो ।

ध्वनि प्रदूषण कम गर्न पटक–पटक सम्झाउँदा पनि अटेर गरेपछि एक भारतीयसहित दुई युवालाई नियन्त्रणमा लिई सार्वजनिक अपराध ऐनअनुसार कारबाही अगाडि बढाएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले बताए ।

ध्वनि प्रदूषण गरेको अभियोगमा पक्राउ पर्नेमा भारत बिहार जिल्ला पूर्वी चम्पारण थाना पलनवा ग्राम पञ्चायत लक्ष्मीपुर लक्ष्मणवा–७ का २४ वर्षीय धनेश राम र वीरगन्ज महानगरपालिका–१ छपकैयाका १६ वर्षीय राहुलकुमार तरहा रहेको प्रहरीले जनाएको छ । अभियुक्तद्वय राम र तरहालाई पर्सा प्रहरीले सार्वजनिक अपराध ऐन २०२७ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय पर्साबाट ६ दिनको म्याथ थप गरिएको प्रहरी उपरीक्षक रेग्मीले बताए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter