बुधबार, ०२ जेठ २०८१

जागिर लगाई दिन्छु भन्दै धर्म परिवर्तन गराउन खोज्ने तीन पक्राउ

२४ बैशाख २०७५, सोमबार १६:१२ मा प्रकाशित

काठमाडौँ, २४ वैशाख (रासस): महानगरीय प्रहरी परिसरले जागिर लगाई दिने भन्दै धर्म परिवर्तन गराउन खोज्ने तीन जनालाई पक्राउ गरेको छ ।

परिसरले नागार्जुन–४ मा चितवनकी लक्ष्मी भट्टराईलाई जागिरको प्रलोभन देखाएर धर्म परिवर्तन गराउन खोज्ने कास्कीकी सुमित्रा गौली, काठमाडौँकी राधिका महर्जन र चितवनकी फुलदेवी भट्टराईलाई वैशाख २१ गते पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

जागिर लगाई दिने भन्दै इच्छा विपरीत धर्म परिवर्तन गराउन खोजेएको भन्दै लक्ष्मीले वैशाख २१ गते प्रहरीमा उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको काठमाडौँ महानगरीय प्रहरी परिसरले जनाएको छ ।

पीडित लक्ष्मीलाई फूलदेवीले जागिर लगाई दिने भन्दै चर्चसम्म पु¥याएकी र चर्चमा सुमित्राले बाइबलको पाठ सुनाउँदै आफ्नो दुवै हात जबर्जस्ती समातेर धर्म परिवर्तन गराउन खोजेको अनुसन्धानमा खुल्न आएको परिसरका प्रवक्ता मोहनकुमार थापाले जानकारी दिनुभयो । पक्राउ परेका तीनै जनालाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter