रमेश तिमलसिना / रौतहट

जिल्लामा करणीका मुद्दा बढ्न थालेका छन् । करिब १० महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालयमा १५ वटा करणी घटनाका मुद्दा दर्ता भएको तथ्यांकमा उल्लेख छ । तीमध्ये ११ वटा घटनामा बालिका पीडित छन् । महिला तथा बालिकामाथि दिनानुदिन करणीलगायतका आपराधिक घटना बढिरहेका जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्यांकले देखाउँछ ।

जिल्लामा गएको साउनदेखि यता मात्रै १५ वटा करणीको मुद्दा दर्ता भएको प्रहरीले जानकारी दिएको छ । जसमध्ये ११ बालिका करणीबाट पीडित छन् । पछिल्लोपटक गत शनिबार चन्द्रपुर नगरपालिका–२ शहीद पार्कमै एक बालिका करणीमा परेकी छन् । १३ वर्षीय बालिकालाई सर्लाहीको हरिवन नगरपालिका– ११ का रिजवान अन्सारी र सुनिल दासले सामूहिक करणी गरेको आरोप लागेको छ । करणी अभियोगमा अभियुक्त अन्सारी र दासमाथि करणी मुद्दा दर्ता गर्ने तयारी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटले गरेको छ ।

यसैगरी, गत १० वैशाखमा गुजरा नगरपालिका– ८ पिपरामा एकै जनाले दुई बालिकालाई करणी गरेको आरोप लागेको छ । सो गाउँँकै बाँसघारीमा लगी दुई बालिकालाई करणी गरेको आरोपमा स्थानीय ३५ वर्षीय रमेश राविरुद्ध मुद्दा दायर गरिएको छ ।

प्रहरीको तथ्याङक अनुसार गत ५ साउनमा दुर्गा भगवती गाउँँपालिका–१, का एक महिलालाई करणी गरेको आरोप गंगा पिपरा गाउँँका करिब ४० वर्षीय जवाहीर सहनीमाथि लागेको छ । अभियुक्त साहनीवरुद्ध करणी मुद्दा चलिरहेको छ । त्यसैगरी, सो घटना भएको अर्को दिन यमुनामाई गाउँँपालिकाकी एक महिलामाथि खेतमा काम गदै करणी भएको उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । सो घटनाका अभियुक्त सोही गाउँका मलाहा भन्ने बिसुन राय यादवलाई पक्राउ गरिएको र उनीमाथि कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय मुद्दा फाँटका प्रमुख तथा प्रहरी निरीक्षक खडकबहादुर शाहले जानकारी दिएका छन् ।

यसैगरी, गत २० असोजमा खेतबारीमा काम गर्दै गरेको अवस्थामा एक बालिका करणीको सिकार भइन् । गौर नगरपालिका– ६ का २२ वर्षीय शेख मुस्ताक सो घटनाको अभियुक्त भएको र उनीविरुद्ध मुद्दा चर्ला कारबाही भइरहेको प्रहरीले जनाएको छ । गत १० असोजमा एक महिलालाई आफ्नै घरभित्र सोही गाउँका ३५ वर्षीय भउच माझीले करणी गरेको आरोप छ । त्यसैगरी, गत १६ कार्तिकमा चन्द्रपुर नगरपालिका–७ मा एक बालिकालाई जंगलमा लगी करणी गरेको आरोपमा चन्द्रपुर नगरपालिका–७ का श्रवण महतोमाथि कारबाही भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

यस्तै, गत २५ मंसिरमा इशनाथ नगरपालिका–३ मा एक बालिका गाई गोठमा करणीमा परिन् । स्थानीय र ती बालिकाका आफन्तले उजुरी गरेपछि करणी गरेको अभियोगमा ४५ वर्षीय शम्भु यादवमाथि मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

गत १ फागुनमा छुटाछुटै स्थानमा दुई बालिकामाथि करणी भएको उजुरी परेको प्रहरीले जनाएको छ । बौधीमाई नगरपालिका–७, फूलबारीमा एक बालिकालाई सोही गाउँकै शेख ओसी अख्तरले करणी गरेको आरोप आफन्तको छ । त्यस्तै सोही दिन गडीमाई नगरपालिका–१ मा उखुबारीमा बालिका करणीमा परेकी छन् । बालिकालाई उखुबारीमा करणी गरेको अभियोगमा सोही गाउँका २२ वर्षीय शेख इम्ब्राहन प्रहरीको नियन्त्रणमा परेका छन् । करणीका आरोपित अख्तर र इम्ब्राहनमाथि आवश्यक कानुनी कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

सो घटनाको पाँच दिनपछि वृन्दावन नगरपालिका–२ मा आफ्नै घरमा एक महिला करणीमा परिन् । सो अभियोगमा सो गाउँकै अलि अख्तरलाई कारबाहीका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, १५ फागुनमा गडीमाई नगरपालिका–७ मा उनकै घरमा बालिकामाथि करणी भएको तथ्यांक छ । सो घटनामा छिमेकी १८ वर्षीय छोटु भन्ने फौजान अन्सारी दोषी रहेको स्थानीय र आफन्तको आरोप लागेपछि अभियुक्त अन्सारीलाई पक्राउ गरी कारबाहीका लागि मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

जिप्रकाका अनुसार जिल्लामा अघिल्लो वर्ष १३ वटा करणीका घटना दर्ता भएका थिए भने आव ०७२÷७३ मा १७ वटा सो प्रकृतिका घटना दर्ता

यसैगरी, गत फागुण २१ गते चन्द्रपुर नगरपालिका–१ पौराइकी एक बालिका बलत्कारको सिकार भइन । ती बालिकालाई सर्लाही जिल्ला लालबन्दी नगरपालिका–१६ घर भएका वीरगन्जमा डेरा गरी बस्ने १७ वर्षीय सञ्जय विश्वकर्मा पक्राउ परेका छन् । प्रहरीले उनीमाथि मुद्दा चलाएको छ ।

गत ११ चैत्रमा गौर नगरपालिका–७ मा एक बालिकालाई सोही गाउँका ३० वर्षीय अर्जुन माल्लिकले करणी गरेको आरोप आफन्तको छ । यसैगरी, गत २४ चैत्रमा देवाही गुनाही नगरपालिकामा एक बालिकामाथि करणीको प्रयास हुँदै गर्दा एक युवक समातिएका थिए । प्रहरीमा दर्ता भएका करणीका घटनाबाहेक अरू पनि करणीका घटना हुन सक्ने प्रहरीको आँकलन छ । कति करणीका घटना समाजमै दबाएर राख्ने आपसी मेलमिलापबाट समस्या सुल्झाउँदै आएको पाइएको जिप्रका, रौतहटका मुद्दा फाँटका एक प्रहरीले बताए ।

जिप्रकाका अनुसार जिल्लामा १३ वटा करणीका घटना दर्ता भएका थिए भने आव २०७२÷७३ मा १७ वटा सो प्रकृतिका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटको मुद्दा शाखाले जनाएको छ ।

sabhar: rajdhanidaily