आइतबार, १६ बैशाख २०८१

नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाउने ः मुख्यमन्त्री राई

२४ बैशाख २०७५, सोमबार १३:१६ मा प्रकाशित

पाँचथर, २४ वैशाख (रासस) ः मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ को नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाइने बताउनुभएको छ ।

फिदिममा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सो जानकारी दिंदै सहमतिकै आधारमा नामाङ्कन र राजधानीको केन्द्र तोकिने छ भन्नुभयो ।

संघीयता कार्यान्वयनका लागि सबै लाग्नुपर्नेमा जोड दिंदै मुख्य मन्त्री राईले अहिले संघीयता कार्यान्वयन गराउन नचाहने शक्तिहरुले प्रदेश तहलाई कमजोर पार्न खोजिरहेको आरोप लगाउनुभयो ।

जनताका काममा ढिलासुस्ती गर्ने प्रवृत्ति तोडिने र निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाएर प्रदेश नं १ लाई समृद्ध बनाइनेमा पनि उहाँले जोड दिनुभयो ।
———

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter