आइतबार, १६ बैशाख २०८१

मुस्लिम माेर्चाले चर्काे स्वरमा पार्टीसामु कुरा राखे

केयर खबर संवाददाता

२४ बैशाख २०७५, सोमबार ०८:२७ मा प्रकाशित

काठमांडौ

नेकपा (माअाेवादी केन्द्र) निकट मुस्लिम मुक्ति माेर्चाकाे केन्द्रीय समितिकाे बैठकमा माेर्चाका नेताहरूले पार्टी नेता देव गुरूङसमक्ष निकै चर्काे स्वरमा बाम सरकारले मुस्लिम अधिकार कटाैति गरेकाे भन्दै बिराेध जनाएका छन् । उनीहरूले ईद र बक्र ईदकाे विदालाई सरकारले राष्ट्रिय बिदाबाट सामुदायिक बिदामा खुम्च्याएकाे सन्दर्भ अाैंल्याउँदै सरकारले निर्णय न सच्याए अाफ्नै सरकार बिरूध्द समेत अान्दाेलनमा उत्रने चेतावनी दिएका छन् ।

माअाेवादी नेता तथा माेर्चाका ईञ्चार्ज हकीकुल्लाह खानले मुस्लिमकाे अधिकार माअाेवादी पार्टीले नै दिलाउने बताउँदै भने, “संविधानमा जेजति मुस्लिम अधिकारका कुराहरू सम्बाेधन भए त्यसमा माअाेवादी पार्टीको अहम भूमिका रहेको छ । कार्यान्वयन पक्षलाई मजबुत बनाउन माेर्चाकाे अहम जिम्मेवारी रहेकाेले अब देशभरका मुसलमानलाई माेर्चामा अाबध्द गर्दै लानु पर्छ ।”

“विदाकाे सन्दर्भमा ईदकाे एक दिनअगाडि सम्म सरकारकाे निर्णय न सच्चिए हामी अाफ्नै पार्टीबिरूध्द अान्दाेलनमा उत्रनेछाैं” माेर्चाकाे अध्यक्ष अतहर हुसेन फारूकीले भने ।

“प्रचण्डले मुस्लिम समुदायकाे अधिकार दिलाउन सवभन्दा ठूलाे भूमिका निर्वाह गरकाे र फेरि उनकै पार्टी सरकारमा रहँदा ईद र बक्र ईदकाे बिदालाई राष्ट्रिय बिदाबाट सामुदायिक बिदामा खुम्च्याउँदा समाजमा ठूलाे भ्रम सिर्जना भएकाे छ” माेर्चाका महासचिव माेहम्मद जाकिर हुसैनले भने ।

माअाेवादी पार्टी मुख्यालयमा अाज दिनभर बसेकाे माेर्चाकाे केन्द्रीय समिति बैठकमा अधिकांश नेताहरूले पार्टी नेता देव गुरूङसँग चर्काे स्वरमा अाफ्ना गुनासाहरू पाेखेका थिए ।

पार्टीकाे तर्फबाट प्रतिनिधित्व गर्दै माेर्चाकाे बैठकमा गएका नेता देव गुरूङले बिदा लगायतकाे समस्याकाे बारेमा पार्टी अध्यक्षलाई बताउने र समस्या समाधानपट्टि लाग्ने बताए । उनले भने, “माअाेवादी पार्टी उत्पीडनकाे अन्त चाहन्छ । मुस्लिम, दलित र महिलालाई क्षतिपूर्तिकाे रूपमा विशेषाधिकार दिलाउन माअाेवादी पार्टी लागि परेकाे छ ।”

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter