बिहिबार, २० बैशाख २०८१

गाडीमा आगजनी

२२ बैशाख २०७५, शनिबार ११:२३ मा प्रकाशित

मंगलबारे, इलाम, २२ वैशाख (रासस)ः मेची राजमार्गको इलामपुवाखोला खण्डमा आज बिहान अज्ञात समूहले गाडीमा आगजनी गरेको छ ।

बिर्तामोडबाट इलाम हुँदै सामान लिएर फिदिमतर्फ जाँदै गरेको मे१च ७८१५ नंको गाडी (पिकअप) मा इलाम नगरपालिका–४, पुवाखोला नजिकै आगजनी गरिएको प्रहरीले जनाएको छ । बिहान राजमार्ग छेउको जंगलबाट निस्किएका पाँच सात जनाको समूहले गाडीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter