बुधबार, १२ बैशाख २०८१

कृषि क्षेत्रको विकासबाट रोजगारीको सिर्जना हुने: कृषि मन्त्री बलदेव

May, 3- 2018

२० बैशाख २०७५, बिहीबार १८:४१ मा प्रकाशित
 शमशाद आदिल
केयर खबर संवाददाता
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि
खनाल ‘बलदेव’ले कृषि क्षेत्रको विकासबाट तत्काल धेरै रोजगारी सृजना गर्न सकिने बताएका छन् । आज पत्रकारहरूसँग आफ्नै कार्यकक्ष सिंहदरबारमा क़ुराकानी गर्दै  मन्त्री खनालले कृषि क्षेत्रको विकासबाट रोजगारी सिर्जना हुने भएकाले  सरकारले कृषिलाई प्राथमिकतामा राख्नु पर्ने बताए ।
  उद्योग, कलकारखाना, उर्जा लगायतका क्षेत्रबाट पनि रोजगारी सृजना गर्न सकिने भएपनि कृषिमा जस्तो छिटो र धेरैलाई रोजगारी दिन नसकिने मन्त्री बलदेवको भनाई छ । अहिले बजेट थोरै र गर्नु पर्ने काम धेरै भएकाले त्यहि अनुसार कृषि र भूमि व्यवस्थापनका लागि प्रर्याप्त बजेट निर्धारण गर्नु पर्ने उनको सुझाव थियो । अहिलेको सरकारमाथि जनताको आशा र विश्वास धेरै रहेको भन्दै मन्त्री खनालले लाखौं युवा जनशक्तिलाई स्वदेशमै रोजगारी सृजना गर्नसकेमा त्यसले परनिर्भरता कम गर्ने र आत्मनिर्भरता बढाउने बताए ।
मन्त्री बलदेव क़ुराकानी गर्ने क्रममा
नेपाल अण्डामा आत्म निर्भर भएको भनिए पनि त्यसका लागि चाहिने दाना लगायतका अन्य उपज नभएकाले त्यसलाई आत्मनिर्भर भन्न नमिल्ने बताए ।
द्धन्द्धले जर्जर भएको रुवाण्डा र फिलिपिन्सले छोटो समयमा कृषिबाट निक्कै ठूलो प्रगती गरेको भन्दै त्यसबाट पाठ सिक्नु पर्ने बताउदै
 ‘हिमाल र पहाडबाट बसाई सरेर तराईको उब्जाउ जमिनमा प्लटिङ गर्ने र घर बनाउने अनि जंगल फडानी गरेर सुकुम्बासी बन्ने प्रबृत्तिको अन्त्य गर्नुपर्ने
कुरा बयक्त गरे।
मन्त्री बलदेवले यस्ता समस्या हरुको समाधानको लागि ‛मन्त्रालय एक्लै सक्दैन, सरकारले नै नीतिगत निर्णय गरेर अघि बढ्नुपर्छ, प्रधानमन्त्रीले बोल्ड डिसिजन लिनु पर्ने बताए।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter