शनिबार, २२ बैशाख २०८१

ओमनसँग श्रम सम्झौता गर्ने विषयमा छलफल

२० बैशाख २०७५, बिहीबार १८:०० मा प्रकाशित

काठमाडौँ, २० वैशाख (रासस) ः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट र ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालबीच नेपाल र ओमन सरकारबीच द्विपक्षीय श्रम सम्झौता गर्ने विषयमा छलफल भएको छ ।

उहाँहरुबीच आज मन्त्रालयमा आयोजित भेटमा सम्झौता मस्यौदामाथि छलफल गरी चाँडै दुई देशबीच श्रम सम्झौता गर्नेबारे कुराकानी भयो । छलफलमा मन्त्री विष्टले रोजगारीका लागि ओमन जाने नेपाली श्रमिकको हकहित र सामाजिक सुरक्षाका लागि द्विपक्षीय श्रम सम्झौता अत्यावश्यक भएकाले मस्यौदालाई छिट्टै अन्तिम दिएर सम्झौता गरिने बताउनुभयो ।

अहिले मन्त्रालयमा श्रम सम्झौताबारे मस्यौदामाथि अन्तिम छलफल भइरहेको छ । मस्यौदामाथि केही दिनको छलफल र निष्कर्षपछि सम्झौताको मिति तय गरिने राजदूत पराजुलीले बताउनुभयो । कामदारको सामाजिक सुररक्षा र रोजगारदाता मुलुकलाई थप जिम्मेवार बनाउनका द्विपक्षीय श्रम सम्झौता महत्वपूर्ण हुनेछ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter