शुक्रबार, ०७ बैशाख २०८१

प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा राजेश हमाल र दिनेश डिसी

१९ चैत्र २०७४, सोमबार २२:१० मा प्रकाशित

काठमाडाैं । चैत २३ गतेका लागि तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा अभिनेता राजेश हमाल र दिनेश डिसी सहभागी हुने भएका छन् ।

गत शुक्रबार राजधानीमा आयोजित फान अवार्ड वितरण कार्यक्रममा प्रधानमन्त्री ओलीले आफनो भारत भ्रमणका क्रममा भ्रमण दलका सदस्यमा कलाकारहरुलाई पनि सहभागी बनाउने बताएका थिए।

नेपाली कला क्षेत्रको प्रतिनिधित्व गर्दै हमाल र डिसी जाने निर्णय भएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले बलिउडका कलाकार र अन्य व्यक्तिहरुसँग पनि भेट्ने कार्यक्रम छ।

सो क्रममा नेपालका विभिन्न स्थानलाई बलिउड फिल्मको सुटिङ स्थलका रुपमा लिन र नेपालको पर्यटन विकासमा टेवा पुर्यााउने दोहोरो फाइदाका लागि छलफल गरिने नेपाली पक्षको तयारी छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter