बिहिबार, ०६ बैशाख २०८१

एकता संयोजन समितिको बैठक बस्दै

१९ चैत्र २०७४, सोमबार २१:४० मा प्रकाशित

 

काठमाडौँ । सम्बन्धित कार्यदलले तयार गरेको प्रतिवेदनमाथि छलफल गर्न नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता संयोजन समितिको बैठक मंगलबार बस्ने भएको छ ।

यही फागुन १० गतेको एकता संयोजन समितिले गठन गरेको अन्तरिम विधान तर्जुमा र वैचारिक विषयसँग सम्बन्धित कार्यदलले आफ्नो तर्फबाट प्रतिवेदन तयार गरेकाले त्यसलाई टुङ्गो लगाउन संयोजन समितिको बैठक बस्न लागेको केन्द्रका नेता जनार्दन शर्माले जानकारी दिनुभयो ।

एकता संयोजन समितिले निर्णय गरेपछि आगामी वैशाख ९ गतेभित्र एकता घोषणा गर्ने तयारी भएको छ ।

पार्टीको नाम नेकपा कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त माक्र्सवाद लेलिनवाद राख्नेलगायत सातबुँदे प्रारम्भिक आधारमा दुई दलले गत फागुन ७ मा सहमति गरेका थिए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter