मङ्गलबार, ०४ बैशाख २०८१

दक्षिण काश्मिरमा झडप, तीन सैनिक तथा ११ विद्रोहीको मृत्यु

१८ चैत्र २०७४, आईतवार २१:४० मा प्रकाशित

श्रीनगर, काश्मिर । दक्षिण काश्मिरको विभिन्न तीन स्थानमा आतङ्कवादी गतिविधि सञ्चालन गर्दै आएका छुट्टाछुट्टै समूहमाथि सेनाले चलाएको कारबाहीमा कम्तिमा ११ जना आतङ्कवादी लडाकूको मृत्यु भएको छ ।

उक्त झडपमा परी तीन सैनिक तथा दुई सर्वसाधारण नागरिकको मृत्यु भएको छ ।

झडपका बिषयमा जानकारी दिन सेना, प्रहरीले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा जम्मु तथा काश्मिर क्षेत्रका प्रहरी प्रमुख एस पी वाइदले भन्नुभयो, “आइतबार आतङ्कवादी समूहविरुद्ध व्यापक प्रतिकार भएको र झडपमा परी कम्तिमा ११ जना विद्रोही लडाकू, तीन सैनिक र दुई सर्वसाधारणको मृत्यु भएको छ ।”

सुरक्षाकारबाहीमा उक्त क्षेत्रमा सक्रिय हिजवुल मुजाहिद्दिन तथा लस्कर–ए–तैवा समूहमा आवद्ध विद्रोही विरुद्ध ठूलो सफलता पाएको स्थानीय अधिकारीले बताउनुभयो ।

सोपियानमा भएको सुरक्षा कारबाहीका क्रममा तीन सैनिक जवानले शाहदत प्राप्त गरेका छन् भने भिडन्तका क्रममा भत्किएका संरचना हटाउने क्रममा तीन विद्रोहीको मृतशरीर भेटिएको बताइएको छ ।

कचेदुरा क्षेत्रमा भएको दोहोरो झडपमा २५ जना सर्वसाधारणलाई गोलीका छर्रालागि सामान्य घाइते भएका छन् भने छ जनालाई गहिरो चोट लागेको छ ।

सोपियानमा विद्रोहीसँग ठूलो सङ्ख्यामा स्थानीयहरू आएका कारण प्रहरीको जवाफी कारबाहीमा केही सर्वसाधारणसमेत घाइते हुन पुगेका प्रहरी इन्सपेक्टर जनरल जुल्फिकार हसनले बताउनुभयो ।

(रासस÷पिटीआई)

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter