शुक्रबार, २१ बैशाख २०८१

इरानमा ५.३ म्याग्निच्युडको भूकम्प, २३ जना घाइते

१८ चैत्र २०७४, आईतवार २१:३९ मा प्रकाशित

तेहरान, इरान, १८ चैत (रासस÷सिन्ह्वा) ः इरानको केरमानशाह प्रान्तमा आइतबार ५.३ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्पमा परी दर्जनौँ मानिस घाइते भएकोे प्रारम्भिक जानकारी इरानका वरिष्ठ स्वास्थ्य अधिकारीले तस्निम न्यूज एजेन्सीसँग बताउनुभएको छ । “भूकम्पमा परी २३ जना घाइते भएका र यो तथ्याङ्क प्रारम्भिक भएकाले घाइतेको सङ्ख्यामा थपवृद्धि हुनसक्ने अनुमान गरिएको छ,” वरिष्ठ चिकित्सक मजियार तहमासेवीले बताउनुभयो ।

दिउसो १ बजेर ३५ मिनेटको समयमा गएको भूकम्पको केन्द्रविन्दु सारपोल जहाव शहरमा रहेको इरानले जनाएको छ ।

भूकम्प ३४.४२१ डिग्री उत्तरी अक्षांश र ४५.८०७ डिग्री पूर्वी देशान्तरमा ८ किलोमिटरको गहिराइमा गएको जनाइएको छ ।

गत नोभेम्बरमा इरानमा ७.३ म्याग्निच्युडको भूकम्प जाँदा ५३० जनाको मृत्यु भएको थियो भने आठ हजार व्यक्ति घाइते भएका थिए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter