शुक्रबार, ०७ बैशाख २०८१

प्रधानसेनापतिले कंगो र सुडानस्थित शान्ति मिसनको भ्रमण हुने

१८ चैत्र २०७४, आईतवार १९:०१ मा प्रकाशित

काठमाडौँ, १८ चैत (रासस) ः प्रधानसेनापति राजेन्द्र क्षत्रीले संयुक्त राष्ट्रसंघको आह्वानमा प्रजातान्त्रिक गणतन्त्र कंगोस्थित नेपाली शान्ति सैनिक तैनाथ शान्ति मिशनको निरीक्षण भ्रमण गर्नु हुनेभएको छ ।

उक्त भ्रमणका लागि प्रधानसेनापति क्षत्री सोमबार त्यसतर्फ प्रस्थान गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । त्यसैगरी प्रधानसेनापति क्षत्रीले चैत २३ देखि २६ गतेसम्म दक्षिण सुडानस्थित नेपाली शान्ति मिसनको निरीक्षण भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

प्रधानसेनापति क्षत्रीले उक्त मिशनकोे स्थलगत वस्तुस्थिति, अपरेशन, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुका साथै सकलदर्जालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

भ्रमणको अवधिभर प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कामु प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुने नेपाली सेनाले जनाएको छ । प्रधानसेनापति यही चैत्र २७ गते स्वदेश फकर्नु हुनेछ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter