सोमबार, १७ बैशाख २०८१

मदन भण्डारी राष्ट्रिय पुरस्कार कोइरालालाई

१८ चैत्र २०७४, आईतवार १८:५३ मा प्रकाशित

काठमाडौँ, १८ चैत (रासस) ः नेकपा (एमाले) केन्द्रीय प्रचार प्रसार विभागद्वारा स्थापित ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ यस वर्ष वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई प्रदान गरिने निर्णय भएको छ ।

विभागको आज बसेको प्रचारप्रसार बैठकले मदन भण्डारीको व्यक्तित्व, राजनीतिक गतिविधि र ‘जनताको बहुदलीय जनवाद’ बारेमा विभिन्न लेखमार्फत उजागर गरेकाले उहाँलाई उक्त पुरस्कार दिने निर्णय गरेको विभागका सचिव विष्णु रिजालले जानकारी दिनुभयो । पुरस्कारको राशि रु ५१ हजार र सम्मानपत्र रहनेछ ।

वरिष्ठ पत्रकार तीर्थ कोइरालाको संयोजकत्वमा सदस्य डा महेन्द्र विष्ट र शीतल साह रहेको छनोट समितिले कोइरालालाई उक्त पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कार बुधबार दिइनेछ । गत वर्ष पहिलो पटक उक्त पुरस्कार फोटो पत्रकार चन्द्रशेखर कार्कीलाई दिइएको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter