शनिबार, १५ बैशाख २०८१

प्रधानमन्त्री ओली शान्ति ¥यालीमा सहभागी

१७ बैशाख २०७५, सोमबार ११:१४ मा प्रकाशित

लुम्बिनी, १७ वैशाख (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओली २५६२औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले आज बिहान आयोजना गरेको शान्ति ¥यालीमा सहभागी हुनुभएको छ ।
लुम्बिनीबाट शुरु भएको शान्ति ¥यालीमा करीब २० मिनेट प्रधानमन्त्री सहभागी हुनुभएको थियो । ¥यालीमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, देश विदेशबाट आउनु भएका बौद्ध भिक्षु र बौद्ध विद्वानहरु,पूर्वसांसद राजन भट्टराईलगायत पनि सहभागी हुनुहुन्थ्यो ।

त्यसअघि प्रधानमन्त्रीले मायादेवीस्थित मायादेवी मन्दिर, अशोक स्तम्भ, लिटिल बुद्ध र शान्तिद्वीपको अवलोकन गर्नुभएको थियो ।
आइतबार अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन लुम्बिनी आउनुभएका प्रधानमन्त्री आजनै काठमाडौँ फर्कने कार्यक्रम छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter