शुक्रबार, १६ चैत २०८०

उमेश यादबको ब्लड मनिका लागि कतारबाट सफल व्यवसायी अब्दुल बासिदको एक लाख सहयोग

१६ बैशाख २०७५, आईतवार १७:२४ मा प्रकाशित

काठमाण्डौँ : उमेश यादबलाई मृत्युदण्डको सजायबाट पाकिस्तानी परीवारले यादबलाई आममाफी दिइसकेका छन् । तर, आममाफी वापत ब्लड मनि ३० लाख पाकिस्तानी रुपयाँको माग गरीएको छ । उक्त ब्लड मनिका लागि सहयोग गर्ने उद्देश्यले जनकपुरका सफल व्यवसायी अब्दुल बाशिदले एक लाख रुपयाँ दिने घोषण गरेका छन् ।
एनआरएन आइसीसी सामाजिक उद्यमशीलता विकास समिति मध्यपुर्वका संयोजक समेत रहेका बाशिदले उक्त रकम उमेश यादबको बचाउ अभियानमा सहयोग गर्ने बताएका छन् । ब्लड मनीका लागि आर्थिक सहयोग गर्न र उमेश यादब बचाउ अभियानलाई सफल बनाउन प्रवासमा रहेका समपूर्ण नेपालीहरुलाई बाशिदले अपील गरेका छन् ।
हत्याको आरोपमा साउदी जेलमा रहेका उमेश यादवलाई मृत्युदण्ड दिएपछि उनलाई बचाउने प्रयासका लागि सामाजिक अभियन्ता सरोज राय पाकिस्तान गएका छन् । त्यहाँ उनको पहलमा मोहम्मद लतिफ वसिर अहमद असलमका परीवारले उमेश यादबलाई आममाफी दिसकेका छन् । तर, आममाफी बापत असलमका परीवारले ब्लड मनी ३० लाख पाकिस्तानी रुपयाँ माग गरेका छन् ।
बाशिद अहिले कतारमा छन् र उनी आफ्नो ‘प्रोजेक्ट कतार एक्जिविशन’मा आफ्नो ब्राण्डको प्रदर्शनी गर्ने भएका छन् । कतारमा रहेर आफ्नो जन्म गाउँ बेलाको नाममा ब्रान्ड बनाएर व्यवसाय गर्दै आएका बाशिद दाजुभाईले आउँदो मे महिनाको ७ देखि १० तारीखसम्म दोहामा हुने प्रदर्शनीमा आफ्नो ब्राण्ड राख्ने भएका छन् । उनको ब्रान्ड अन्तर्गत आउट डुअर कुलर, मिस्टीङ फ्यानहरु ,ड्रम फ्यान ,वाल फ्यान,वेंतिलेशन फ्यान, इन्ड्रसियल फ्यान, आउटडोर हिटरजस्ता रहेका छन् । यतिबेला उनको ब्राण्ड कतारको बजारमा अन्य देशको व्राण्डको प्रमुख प्रतिस्पर्धी बन्न सफल भएको छ । ‘मध्यपूर्व एसियाको बजारको उच्च माग र विक्री बजारको अध्ययन गरेर बेलाको ब्राण्डको सम्पुर्ण सामाग्रीहरु ठूलो परिमाणमा उत्पादन गरी विश्व बजारतर्फ पु¥याउन प्रदर्शनीमा राख्न खोजिएको हो’संचालक अब्दुल वासिदले जानकारी दिए ।

स्रोत: नागरिक टाइम्स

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter