शुक्रबार, ०४ जेठ २०८१

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता

१४ बैशाख २०७५, शुक्रबार २१:१५ मा प्रकाशित

काठमाडौँ, १४ वैशाख (रासस) ः प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटवार्तामा पार्टी एकताका बिषयमा छलफल भएको छ ।

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच एक्लाएक्लै भएको वार्तामा पार्टी एकतामा मिल्न बाँकी विषयमा सकारात्मक छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभयो ।

एमाले र माओवादी केन्द्रबीच यही वैशाख ९ गते पार्टी एकीकरण हुने भनिए पनि अन्ततः केही विषय मिल्न बाँकी भन्दै उक्त दिन पार्टी एकता घोषणा हुन सकेन । त्यसपछि दुवै अध्यक्षबीच आज पहिलो पटक भेटवार्ता भएको हो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter