सोमबार, १७ बैशाख २०८१

संवादबाट मुस्लिम समुदायको मांग स्थापित गर्न आवश्यक: रक्षा मन्त्रि ईश्वर पोख्रेल

April 24-2018

१२ बैशाख २०७५, बुधबार ००:०८ मा प्रकाशित

शमशाद आदिल

केयर खबर ,काठमांडौ

नेपाल धार्मिक जातीय सांस्कृतिक रूपले विविधतापुर्ण रहेकोले देशमा राष्ट्रीय बिदा र सामुदायिक बिदाको सूचीकृत हुन हरेक समुदायको मतभेद हुदै आएको छ ।
मुस्लिम समुदायको धार्मिक बिदाको रुपमा स्थापित रहेको ईदुल अजहा र ईदुल फ़ितरः तथा मोहम्मद जयन्तिको बिदाबारे थप ब्याख्या गरी सँवादको माध्यम बाट कानून निर्माण गर्न आवश्यक रहेको रक्षा मंत्री ईश्वर पोखरेलले बिचार राखे ।

 

एमालेको भातृत्व संग़ठन नेपाली मुस्लिम इत्तिहाद संग़ठनले “ बर्तमान राष्ट्रीय परिस्थिति र मुस्लिम समुदायको अधिकार” बिषयक गोष्ठी कार्यक्रममा प्रमुख आथिति ईश्वर पोखरेलले अल्पसंख्यक हरुको राष्ट्र रहेको भन्दै मुस्लिम समुदायको कुरा कहिले काहीं अनजानमा नै दबिने गरेको बताए ।

 

ईदुल अजहा र् ईदुल फ़ितरः लाई राष्ट्रीय बिदाको रुपमा स्थापित गराउन मुस्लिम समुदाय र सरकार बीच संवाद गर्न आह्वान गरेका छन ।

 

मुस्लिम समुदायको मनोबल बढ़ाएर नै राष्ट्रको बिकास हुने : खगराज अधिकारी 

 

कार्यक्रमका बिशिष्ट अथिति एमाले पार्टीका संसदीय दलका प्रमुख सचेतक खगराज अधिकारीले ईदुल अजहा र ईदुल फ़ितरः को बिदा लाई पुनः राष्ट्रीय सार्वजनिक बिदाको रुपमा सूचीकृत गर्न पहल जारी राख्ने आश्वासन दिए ।
बिगतमा मुस्लिम समुदायको योगदानको कुरालाई सम्झिदै खगराज अधिकारीले‘ कम्युनिस्ट हरुले मुस्लिम समुदायलाई बिर्सीनु भनेको आफ्नो बाबू आमा लाई बिर्से सरह हुने कुरा बयक्त गरे ।

एकताबद्ध भएर जानू पर्ने : अतहर कमाल मुसलमान

 

सभासद अतहर कमाल मुसलमाम

मुस्लिम समुदाय संग शैक्षिक ,राजनीति, आर्थिक ,धार्मिक ,सांस्क्रतिक पक्षमा रहेको समस्याको सम्बोधनगर्न फुटेर हैन एकताबद्ध भएर जानू पर्ने बताए ।

इत्तिहाद संग़ठन एमालेको भातृत्व संग़ठन हैन दातृत्व संग़ठन हो : डाक्टर अहिराज

लीडर र डीलर बीचको तात्पर्यता न मिलेको कारण मुस्लिम समुदाय पछाडि परेको भने ।
एमालेलाई कहिले भोट, कहिले उपस्थिति, कहिले बलिदानी दिएर दातृत्व संगठनको रुपमा मात्र परिचित रहेको डाक्टर अहिराजले बताए ।

समाजिक रूपान्तरणका लागि प्रेम र दबाव उत्पन्न गर्न नसक्ने समुदायले आत्मसम्मान हुदैन ।
उनले बोल्दै भने ‛मांग्न छाडनु , सबलीकरणका लागि प्रेम दबाव सर्जना गरी सम्पन्न बन्ने तिर ध्यान दिनु होस’ ।

डाक्टर अहिराजले
संरचनागत विभेद, कार्यगत पक्षता, आत्मसम्मान गरी मुस्लिम समुदायको समस्या लाई तीन भागमा खण्डन गरे ।

मुस्लिम समुदायले राज्य सत्ताबाट रंगभेदमा , नेतृत्व वर्गबाट संकामा, अधिकारकर्मी बाट विभेदको शिकार हुदै आएको ठहर गरे ।

डाक्टर अहिराजले अगाडि थप्दै भने
मुस्लिम समुदायलाई सुरु देखि नै अंगको रुपमा नभई आभूषणको रुपमा प्रयोग गर्दै आएको बताए । इच्छा लाग्यो प्रयोग गर्ने, कहिले ओढ़ने, कहिले फ्याक्ने काम बन्द हुने बताउदै अंग को रुपमा प्रयोग गर्नु पर्ने कुरा जाहेर गरे ।

हाम्रो मांग पूरा नभए मित गांसेर बस्न सक्दैनौँ : ताज मोहम्मद

एमाले नेता ताज मोहम्मदले हामी मुस्लिम समुदायलाई पछाडि बाट छुरा प्रहार गर्ने काम बन्द होस भन्दै मन्त्री मण्डल मुस्लिम मुक्त, ईद बिदा कटौती पछाडि रहेको सरकारको मनसाय के हो, कुन मन्त्रले संचालित हुदै गएको छ सरकार ।
भन्ने प्रश्न खड़ा गरे।

नेपाली मुस्लिम इत्तिहाद संग़ठनका केंद्रीय अध्यक्ष सेराज फारुकिको सभपतित्वमा सम्पन्न भएको
कार्यक्रममा फारुकिले मुस्लिम समुदायको मांग मुद्दा हरू समेटिएन
, सरकारले लोकतन्त्र समावेशीता ,धर्मनिरपेक्षता को आभास गराएन भने हामी सरकार हल्लाउने गरी आन्दोलन गर्ने चेतावनी दिए ।
हार्दिक होटल काठमांडौमा सम्पन्न भएको कार्यक्रममा  केयर फाउंडेशनका अध्यक्ष मोबीन खान कलीला खान ,समीना खातून, फौजिया नसीम, जुनैद अन्सारी ,सबीहा परवीन, इम्तियाज़ वफ़ा, महमद्दीन अली, अख्तर मिकरानी, जिया खान, हारून कादरी,
मेराज़ खान लगाएत राजनैतिक समाजिक अगुवाहरुको उपस्थिति थियो।

कार्यक्रममा नवनिर्वाचित सभासद हरु लाई सम्मान पत्रबाट बितरण गरी सम्मानित गरिएको थियो ।

मुस्लिम समानुपातिक सीटमा बिजयी भएकी प्रतिनिधि सभा सदस्य कलीला खान

 

५नं प्रदेशका प्रदेशीय सभा सदस्य फौजिया खान

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter