बुधबार, १२ बैशाख २०८१

३३ किलो सुनकाण्डः बयान दिन गएका डिएसपी नै फरार

११ बैशाख २०७५, मंगलवार २२:१८ मा प्रकाशित

काठमाडौं । ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्या प्रकरणमा गृहमन्त्रालयमा बयान दिन गएका डिएसपी सञ्जय राउत मन्त्रालयबाटै फरार भएका छन् ।

बयान नसकिँदै बहाना बनाएर बयान कक्षबाट बाहिर निस्केका राउत अचानक फरार भएपछि उनलाई पक्राउ गर्न गृह मन्त्रचालयमा रहेको प्रहरी अधिकारी परिचालन गरिएको थियो ।

तर, राउत प्रहरीको आँखा छल्दै पुतलीसडकतर्फको गेटबाट फरार भएको गृहमन्त्रालयका एक अधिकारीले जानकारी दिए ।  राउत इलाका प्रहरी कार्यालमा इटहरीका कार्यरत थिए ।

सुन तस्करीको मुख्य नाइकेचुणामणि उप्रेती ‘गोरे’ले तस्करी गरेर ल्याएको ३३ किलो सुन हराएपछि यातना दिने क्रममा मोरङ उर्लाबारीका सनम शाक्यको मृत्यु भएको थियो ।

सोही घटनामा प्रहरीको भूमिका शंकास्पद भन्दै गृहमन्त्रालयका सहसचिव ईश्वर पौडेल नेतृत्वको समितिले छानविन गरिरहेको छ ।

अहिले गृहमन्त्रालयमा अपराध महाशाखाका सई बालकृष्ण सञ्जेल र अपराधकै अर्का सई गजेन्द्र रावलको बयान लिने क्रम जारी छ ।

राउतसँग फोन सम्पर्क गर्दासम्पर्क हुन नसकेको र भोलि बिहानसम्म सम्पर्कमा नआएमा डिएसपी राउतलाई फरार सूचीमा राखेर खोजिने छानबिन समितिका एक सदस्यले रातोपाटीलाई जानकारी दिए ।

यसैबीच छानबिन समितिले जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा एसपी विकासराज खनालसँग पनि बयान लिएको छ । खनाललाई प्रहरी प्रधान कार्यलयस्थित १ नम्बर गणको आन्तरिक थुनामा पठाएको छ ।

sabhar: ratopati

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter