बिहिबार, २० बैशाख २०८१

सीमा अपराध रोक्न संयुक्त गशती

११ बैशाख २०७५, मंगलवार १९:०५ मा प्रकाशित

गौशाला, ११ वैशाख (रासस) ः महोत्तरी जिल्लामा नेपाल र भारतका सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि दुवै देशका निकायले संयुक्त गस्ती थालेका छन् ।

सशस्त्र प्रहरी बल (एपिएफ), नेपाल प्रहरी, भारतीय सीमा सुरक्षा बल (एसएसबी) र विहार प्रहरीले सोमबारदेखि जिल्लाको सीमा क्षेत्रमा संयुक्त सीमा गस्ती थालेका हुन् । लागुऔषध ओसारपसार, मानव तस्करी, भन्सार छली, चोरी लगायतका अपराध नियन्त्रणका लागि संयुक्त गस्ती थालिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोतरीका सशस्त्र प्रहरी उपरीक्षक मुरारी बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार भारतको मधवापुरस्थित भारतीय सीमा सुरक्षा बल, विहार प्रहरी र सशस्त्र प्रहरीका मटिहानी बिओपी, प्रहरी चौकी मटिहानीका १५÷१५ जना संयुक्त गस्तीमा सहभागी छन् । संयुक्त गस्ती दुवै देशका सुरक्षा निकायबीच सुरक्षा सहकार्य तथा सीमा अपराध नियन्त्रण गरी सीमा क्षेत्रमा शान्ति बहाली गर्न सफल हुने प्रहरी उपरीक्षक बस्नेतको विश्वास छ ।

संयुक्त गस्तीले सीमा अपराध नियन्त्रण, सीमा क्षेत्रमा शान्ति र सुरक्षाको अनुभूति गराउनाका साथै तस्करी, भन्सार छलीलगायत कार्यको निगरानी गर्नेछ । संयुक्त गस्तीका लागि सोमबार सीमामै गरिएको दुवै देशको सुरक्षा निकायबीच छलफल भएको थियो । त्यसमा नेपालका तर्फबाट महोत्तरीका सशस्त्र प्रहरी निरीक्षक सुरेश आले मगर, नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक गोपाल यादव सहितका सुरक्षाकर्मी सम्मिलित हुनुहुन्थ्यो ।

त्यस्तै, भारतका तर्फबाट एसएसबीका निरीक्षक रामाकान्त पाठक र विहार पुलिस, मधवापुर थानाका प्रभारी राजकुमार यादव उपस्थिति हुनुहन्थ्यो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter