बिहिबार, २० बैशाख २०८१

आणविक हतियार प्रयोगको खतरा बढ्दो: संयुक्त राष्ट्रसंघ

११ बैशाख २०७५, मंगलवार ०९:२३ मा प्रकाशित

जेनेभा, 11 वैशाख  संयुक्त राष्ट्रसंघका उच्च अधिकारीले पछिल्लो समय युद्धमा आणविक हतियार प्रयोगको खतरा बढ्दो देखिएको बताउनुभएको छ ।

राष्ट्रसंघका परमाणु प्रसार निरोध सन्धि संगठनका उच्च अधिकारी इजुमी नाकामिसुले आणविक हतियार आजको विश्वमा आवश्यक रहेको भन्ने भनाइप्रति विमति राख्दै भन्नुभयो, “चाहेर वा नचाहेर पनि आणविक हतियार प्रयोगको खतरा बढ्दो छ ।”

आणविक प्रसार निरोध सम्झौताको प्रारम्भिक समीक्षा बैठकमा बोल्दै उहाँले भन्नुभयो, आणविक हतियारको आवश्यकता र उपयोगिता रहेको भन्ने दावीहरू बढ्न थालेका छन् जसले आणविक हतियारको प्रयोगको खतरालाई थपिदिएको छ ।

विश्वका नौ आणविक राष्ट्रहरूमध्ये बेलायत, चीन, फ्रान्स, रूस र संयुक्त राज्य अमेरिका गरी पाँच राष्ट्र परमाणु प्रसार निरोध सन्धि संगठनका सदस्य रहेका छन् । तर उनीहरूको सन्धिप्रतिको प्रतिवद्धताका बाबजुद पनि ती सवै राष्ट्रहरू आफ्ना आणविक तथा अन्य हतियारलाई आधुनिक बनाउन विभिन्न बहानामा उद्दत रहेका पाइन्छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter