शुक्रबार, १६ चैत २०८०

घुस रकमसहित राष्ट्रिय वाणिज्य बैंक शाखाका सहायक प्रबन्धक पक्राउ

१० बैशाख २०७५, सोमबार २२:३६ मा प्रकाशित

बर्दिवास, १० वैशाख ९रासस० ः महोत्तरी बर्दिवासस्थित राष्ट्रिय वाणिज्य बैंक शाखामा कार्यरत सहायक प्रबन्धक जगदिशप्रसाद काफ्लेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित आज पक्राउ गरेको छ ।

आयोगको बर्दिवासस्थित कार्यालयको टोलीले सेवाग्राहीसँग लिएको रु ५० हजार घुस रकमसहित उनलाई पक्राउ गरेको हो ।

बर्दिवास–९ स्थित रञ्जना गाई फार्मलाई युवा स्वरोजगार कार्यक्रममार्फत रु १० लाख ऋण दिइने भन्दै काफ्लेले सो को पाँच प्रतिशत रकम घुसवापत लिएको सो कार्यालयले जनाएको छ ।

काफ्लेलाई हिरासतमा राखी थप अनुसन्धान थालिएको कार्यालयका प्रहरी नायब उपरीक्षक ठाकुर पोखरेलले जानकारी दिनुभयो ।

यसअघि काफ्ले बैंकका सेवाग्राहीको खाताबाट नक्कली चेक बनाई विभिन्न शाखाबाट रु ४० लाख निकालेको आरोपमासमेत पक्राउ परेका थिए ।

बैंकिङ कसुर गरेको अभियोगमा काफ्लेसहित शाखाका अन्य कार्मचारीहरूमाथि त्यतिखेर दायर भएको मुद्दा अहिलेपनि जिल्ला अदालत महोत्तरीमा विचाराधिन छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter