सोमबार, १७ बैशाख २०८१

सिरहा युवा संजाल द्वारा छात्रवृत्ति प्रदान

April 23-2018

१० बैशाख २०७५, सोमबार १५:४४ मा प्रकाशित

सिरहा युवा संजालद्वारा अायोजना गरिएको छात्रावृत्ति कार्यक्रम-२०७५ आज बैशाख १०गते बिदद्यार्थी हरुको नामावली सार्वजनिक गरेको छ। यस कार्यक्रमले सिराहा जिल्लाको विभिन्न स्थानका ६ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरेको छ ।ती बिधार्थीहरुलाइ गोलबजार क्षेत्रको ख्याती प्राप्त बिधालयहरुमा सरकारी दस्तुर (आवेदन दस्तुर , रजिस्ट्रेसन दस्तुर , ) बाहेक अन्य कुनै पनि शुल्क नलाग्ने गरी एक बर्ष को लागि भर्ना गरिएको छ।

छत्रवृती प्रदान गर्ने र छात्रवृती पाउने बिधार्थी विवरण यस प्रकार छन:

१.माउन्ट एभरेष्ट मा वि गोलबजार
विधार्थीको नाम: प्रदिप कुमार सदा
कक्षा : ५
बाबुको नाम:रामहरि सदा
ठेगाना:नरहा-४,बर्छबा

२.चिल्ड्रेन एजुकेसनल एकेडमी
विधार्थिको नाम:सुनिल कुमार यादव
कक्षा : ७
बाबुको नाम: रामकुमार यादव
ठेगाना: गोलबजार-२,गुरुधाम

३.बुढानिल्कन्ठ मा वि गोलबजार
विधार्थीको नाम:विरेन्द्र यादव
कक्षा : १०
बुवाको नाम: सहदेव यादव
ठेगाना: कसहा

४.भिजन इन्टरनेसनल एकेडेमी
विधार्थीको नाम: नेहा कुमारी यादव
कक्षा :२
बुवाको नाम: राम अवतार यादव
ठेगाना: गोलबजार-२,गुरुधाम

५.गोलबजार इङ्लिश मोडेल स्कुल(जेम्स)
विधार्थीको नाम: गाङगा राम सदा
कक्षा :४
बुवाको नाम: बिशेश्वर सदा
ठेगाना:नरहा-४,सिरहा

६. शुभ श्री मा वि, गोलबजार
विधार्थिको नाम:विधा भुजेल
कक्षा :१
बुवाको नाम: मीन कुमार भुजेल
ठेगाना: गोलबजार-२,गुरुधाम

संजालले शैक्षिक क्षेत्रमा विभिन्न खाले रचनात्मक र उप्लब्धिमुलक कार्यहरु गर्दै आएको सन्जालका सदस्य रामकुमार यादवले बताए ।
सिराहा युवा संजाल ले यस भन्दा अगाडी पनि जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजन गरि २१ जना विधार्थीहरुलाई बिभिन्न +२ कलेजहरु तथा टेक्निकल कलेजहरुमा छात्रावृत्ति प्रदान गरेको सदस्य प्रशान्त यादवले जानकारी दिए । सिरहा जिल्लाको शैक्षिक अवस्थालाई ध्यानमा राखि यस्ता कार्यक्रमहरु अब आउदा दिनहरुमा झन सशक्त रुपमा संचालन गरिने संजालले विश्वास दिलायो।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter