शनिबार, ०८ बैशाख २०८१

दुर्लभ पाटे बाघ मर्यो , दुई महिनामा चार बाघ मर्यो

९ बैशाख २०७५, आईतवार १४:२५ मा प्रकाशित

रत्ननगर, चितवन, ९ वैशाख (रासस) :  चितवनको रत्ननगरस्थित सौराहा नजिकै राप्ती किनारमा फेरि आज एउटा दुर्लभ पाटेबाघ मरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जको छेउ राप्ती किनारमा वयस्क बाघ मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । बाघ गए राति अर्काे बाघसँगै जुधेर मरेको अनुमान छ । बिहान स्थानीयवासी सीता गुरौले घाँस काट्न जाने लागेका बेला बाघ मरेको देखेपछि निकुञ्जलाई खबर गर्नुभएको थियो ।

यो सँगै पछिल्लो दुई महिनाको अन्तरालमा मात्रै चितवनमा चार वटा बाघ मरिसकेको छ । “साथीहरुसँगै घाँस काट्न जाँदै थियौँ, बाघ देख्याँै, अनि फर्किएर खबर गरेको,” घटनाबारे गुरौले भन्नुभयो । हेर्दा बाघको घाँटीमा अर्को बाघले टोकेको देखिन्छ । जुधेर नै बाघ मरेकाेंं अनुमान गरिएको चितवनको रत्ननगरस्थित बाघ संरक्षण उपसमितिका संयोजक जीतु तामाङले बताउनुभयो

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter