बिहिबार, २० बैशाख २०८१

दाइजो बिना विवाह गर्नाले विवाहित जोड़ी सम्मानित

April 22- 2018

९ बैशाख २०७५, आईतवार १३:५५ मा प्रकाशित

राजविराज, ८ वैशाख ।

 

मधेश–मिथिलाको ठूलो समस्याको रुपमा विकसित हुँदै गएको कुप्रथा दाइजोलाई चुनौती दिँदै एक शिक्षित जोडी शुक्रवार बैवाहिक बन्धनमा बाँधिएका छन् ।
सप्तरीको शम्भुनाथ नगरपालिका–४ हाल राजविराज नगरपालिका–६ निवासी श्री विजयनारायण साहकी सुपुत्री काजल साह र महोत्तरीको भंगहा नगरपालिका–३ का गणेश साहका सुपुत्र ईं श्रवण कुमार साह बिच बिना लेनदेन विवाह सम्पन्न भएको हो । ईन्जिनियर श्रवण विगत केही वर्षदेखि अमेरिकामा कार्यरत छन् । यता एम.एड.सम्मको पढाई पुरा गरेकी काजलले पहिलादेखि नै विना दाइजो विवाह गर्ने संकल्प लिएकी थिईन् ।

सामाजिक सञ्जाल मार्फत उनीहरु बिच चिनजान भएको थियो ।

दुवैतर्फका परिवार शिक्षित भएका कारण उनीहरु बिच बिना दाइजो विवाहका लागि सहमत भएका थिए । राजविराज स्थित दास धर्मशालामा आयोजित समारोहमा मिथिलाको वैवाहिक परम्परा अनुसार ई. श्रवण र काजल बिच विवाह सम्पन्न भएको छ ।

दाइजोका कारण तय भएको विवाह समेत नहुने, दाइजो नदिएका कारण बुहारीलाई अमानवीय व्यवहार गरिने जस्ता घोर निन्दनीय घटनाहरु भईरहँदा विना दाइजोको विवाह भईरहेको भनी जानकारी पाएपछि उनीहरुलाई बधाई सहित सम्मान गर्न प्रतिष्ठित व्यक्तित्वहरु समेत वैवाहिक समारोहमा उपस्थित भए ।
दहेजमुक्त मिथिला अभियानको तर्फबाट अभियन्ता करुणा झाले नव जोडीलाई दोसल्ला, पाग सहित सम्मान–पत्रका साथ समारोहमै सम्मान गरिन् । दुलहा–दुलहीलाई बधाई एवम् शुभकामना दिँदै उनले समाजिक रुपान्तरणका लागि चालेको कदमले सिङ्गो मानव सम्भयतालाई गौरवान्वित तुल्याएको बताईन् ।

यस्तै बाल विवाह एवम् दाइजो उन्मुलन राष्ट्रिय अभियानको तर्फबाट नायिका स्वेता खड्का, डा. सी.के.. सिंह र भोर संस्थाका अध्यक्ष राजकुमार महतोको संयुक्त हस्ताक्षर रहेको सम्मान–पत्र अभियानका सदस्य औरन्जेब अहमदले नव दम्पतीलाई हस्तान्तरण गरे ।
समाजकालागि उदाहरणीय जोडीलाई बधाई दिँदै यसबाट सिङ्गो समाजले शिक्षा लिनुपर्नेमा उनले जोड दिए ।

उक्त जोडिलाई नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष समेत रहेका मैथिली साहित्य परिषद्का सचिव श्यामसुन्दर यादवले समेत बधाई एवम् शुभकामना दिए ।

दाइजो प्रथा विरुद्धको फिल्म ‘राज्जा रानी’की गायिका अन्जु यादवले समेत समारोहमै खुलेर नव दम्पतीको प्रसंशा गर्दै दाइजो कुप्रथालाई समाप्त पार्न शिक्षित युवायुवतीहरुले हिम्मतका साथ अगाडि आउनुपर्नेमा जोड दिईन् । सोही अवसरमा गायिका यादवले ‘चिपक चिपक राज्जाजीके तस्विर दिलके भित्तामे…’ बोलको गीत गुनाउँदै दुलहा–दुलहीलाई बधाई एवम् अभिभावकहरुलाई समेत धन्यवाद दिईन।

स्रोत्र: औरंज़ेब अहमद

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter