शुक्रबार, ०७ बैशाख २०८१

पूर्वप्रधानन्यायाधीश पराजुलीको अवहेलनासम्बन्धी मुद्दा खारेज

६ बैशाख २०७५, बिहीबार १९:३५ मा प्रकाशित

काठमाडौँ, ६ वैशाख (रासस): सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दा खारेज गरेको छ ।

कामु प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलास आज अवहेलनासम्बन्धी मुद्दा चलाउनुपर्ने प्रमाण फेला नपरेको उल्लेख गर्दै सो मुद्दा खारेज गरेको हो । अधिवक्ता मनोज अधिकारीले तत्कालीन प्रधानन्यायाधीश पराजुलीले नेतृत्वमा हुँदा न्यायपालिकाको अधिकार दुरुपयोग हुने गरी काम गरेको आरोप लगाउँदै अदालतको अवहेलनासम्बन्धी मुद्दा गत फागुन १५ गते दर्ता गर्नुभएको थियो ।

प्रा डा गोविन्द केसीका कानून व्यवसायी वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीलाई धम्की दिएको र कीर्ते नागरिकताका आधारमा प्रधानन्यायाधीश भएर पराजुलीले अदालतको अवहेलना गरेको जिकिर मुद्दामा गरिएको थियो । तत्कालीन प्रधानन्यायाधीश पराजुलीले उमेरहदका कारण उहाँको गत साउन २१ गते पदावधि सकिएको भनी न्याय परिषद्ले पत्र पठाएपछि राजीनामा दिइसक्नुभएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter