आइतबार, २३ बैशाख २०८१

सिरियामा क्षेप्यास्त्र आक्रमण गर्ने ट्रम्पको धम्की,अमेरिकी हमलाको जवाफ दिन्छौं : रुस

२९ चैत्र २०७४, बिहीबार ०९:५४ मा प्रकाशित

एजेन्सी / वासिंगटन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा क्षेप्यास्त्र हमला गर्ने धम्की दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले सिरियाभित्र क्षेप्यास्त्र प्रहार गरिने उल्लेख गरेका छन् । एक वरिष्ठ रुसी अधिकारीले कुनै पनि अमेरिकी हमलाको जवाफ दिइने धम्की दिएका छन् ।

यसअघि, ट्रम्पले रासायनिक हमलाको ‘कडा’को प्रतिक्रिया जनाइने प्रतिबद्धता व्यक्त गरेका थिए । रुसबाट सैन्य समर्थनप्राप्त गरिरहेका सिरियाली राष्ट्रपति बसर अल–असदको सरकारले भने कुनै पनि रासायनिक हमलामा उसको संलग्नता रहेको भनेर अस्वीकार गरेको छ । ट्रम्पले आफ्नो ट्वीटमा असदलाई ‘जनावर’को संज्ञा दिएका छन् । शनिबार सिरियाली विपक्षी अभियानकर्मीहरू, उद्दारकर्ताहरू तथा स्वास्थ्यकर्मीहरूले पूर्वी गुटास्थित डौमामा सिरियाली सरकारी सेनाले विषालु ग्याँसयुक्त बम हमला गरेको बताएका थिए ।

रुस–अमेरिका टक्कर

सिरियामा हालै भएको संदिग्ध रासायनिक हमलाको विषयलाई लिएर दुई शक्ति राष्ट्र रुस र अमेरिकाबीच टकराव बढेको छ । अमेरिकाले सिरियामा सैन्य हमला गर्ने बताएपछि रुसले त्यसको जवाफ दिने चेतावनी दिएको छ ।

राष्ट्रसंघका लागि रुसका प्रतिनिधि भासिली नेबेन्जियाले भने, ‘म एकपटक फेरि अमेरिकालाई अहिलेको अवस्थालाई जस्तो बनाउन खोजेको छ, त्यसो नगर्न र बँच्न आग्रह गर्छु ।’ अमेरिकालाई चेतावनी दिँदै उनले यदि भविष्यमा कुनै प्रकारको अवैध सैन्य कारबाही भएमा त्यसको जिम्मेवार अमेरिका नै हुने बताएका छन् । त्यसलगत्तै ट्रम्पले जवाफ दिँदै रुसलाई सिरियामा क्षेप्यास्त्र हमलाका लागि तयार रहन चेतावनी दिएका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter