बिहिबार, २० बैशाख २०८१

कलैया सुगरमिल घटनामा परी एकको मृत्यु, नौ घाइते

रिलाइन्स सुगरमिलमा उखुको तातो रस मोलासिसको ट्याङ्की फुट्दा एक जनाको मृत्यु

२८ चैत्र २०७४, बुधबार ०८:०४ मा प्रकाशित

कलैया, २७ चैत (रासस) ः बाराको कलैया उपमहानगरपालिका–२४ श्रीपुरमा रहेको रिलाइन्स सुगरमिलमा उखुको तातो रस मोलासिसको ट्याङ्की फुट्दा तातो रस जीउमा खसेर एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

आज सो ट्यांकी अचानक फुट्दा ठेगाना नखुलेका भारतीय कामदार अन्दाजी ४५ वर्षीय रामस्नेहीको मृत्यु भएको बारा प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते भएका स्नेहीको कलैया अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भुनेश्वर साहले जानकारी दिनुभयो ।

नौ जना घाइतेमध्ये एक जनाको कलैयामा र बाँकीको वीरगञ्जस्थित नेशनल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्येका रमेश यादवको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ । घाइतेको कलैयामा उपचार हुन नसकी थप उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । मिललाई सुरक्षाकर्मीले घेरा हाली थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter