शनिबार, २२ बैशाख २०८१

होटल र रेस्टुरेन्टमा प्रहरीको छापा, ३९ जना पक्राउ

२७ चैत्र २०७४, मंगलवार १४:२९ मा प्रकाशित

काठमाडौं

प्रहरीले बालाजु नयाँबसपार्क क्षेत्रका होटेल, लज र रेस्टुरेन्टमा छापा मारी ३९ जनालाई पक्राउ गरेको छ ।शंकास्पद अवस्थामा उनीहरू फेला पारिएको प्रहरीले जनाएको हो ।

पक्राउ गरिएकामध्ये ३२ जनालाई अनुसन्धानपछि छोडिएको छ भने बाँकी चार पुरुष र तीन महिलालाई काठमाडौैं जिल्ला अदालतबाट म्याद थपसहित सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाउन लागिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको आयोजनामा गत शनिबार तीनकुनेमा आयोजित सार्वजनिक कार्यक्रममा पोखरेलले होटेल, रेस्टुरेन्ट र लजका नाममा कुकर्म हुने गरेको र त्यही“बाट बलात्कारलगायत अपराधका घटना हुने गरेको बताएका थिए ।

काठमाडौं परिसरले जुन क्षेत्रमा शंकास्पद यौनव्यवसाय हुने गरेको सुनिएको बताउ“दै पोखरेलले तत्काल छापा मार्न मातहतका वृत्त र प्रभागलाई निर्देशनसमेत दिएका छन् । जसअनुसार परिसरले गत साता कोटेश्वर र जडिबुटीका विभिन्न ६५ होटेल, लज तथा रेस्टुरेन्टमा छापा मारी तीन दर्जन पक्राउ गरेको थियो ।

पछिल्लो समय काठमाडौं जिल्ला भ्रष्टाचारी, बलात्कारी र अपराधी बस्ने स्थानका रूपमा चिनिन थालेको बताउ“दै उनले काठमाडौंलाई सज्जनको बस्तीका रूपमा चिनाउने प्रयत्न भइरहेको बताए । ‘अप्रेसन’ अझ सशक्त ढंगले अघि बढाइने काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter