शनिबार, ०५ जेठ २०८१

सरकारले मित्रराष्ट्रहरुलाई चिन्न नसक्नु देशकै लागि दुर्भाग्य– विजुक्छे

२६ चैत्र २०७४, सोमबार १८:१५ मा प्रकाशित

भक्तपुर, २६ चैत (रासस) ः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले सरकारमा गएको दलले मित्रराष्ट्रहरुलाई चिन्न नसक्नु मुलुककै लागि दुर्भाग्य भएको बताउनुभएको छ ।

मध्यपुरथिमीको लायकूस्थित आदर्श माध्यमिक विद्यालयको ५३ औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले सरकारमा जाने दलकै विदेश नीतिका कारण बेलाबेलामा जनताले दुःख भोग्नुपरेको बताउनुभयो ।

अध्यक्ष विजुक्छेले भन्नुभयो, “शासक दलका नेता देशको स्वार्थभन्दा आफ्नो स्वार्थमा लिप्त भएका छन्, नेताहरुले परिवार, नातागोता, आसेपासे र पार्टीको स्वार्थमा मात्रै लागे, देशको स्वार्थमा लाग्न सकेनन् ।”

सरकारमा बसेकाले नै शैक्षिक माफियालाई संरक्षण गरेको आरोप लगाउँदै उहाँले शैक्षिक माफिया मौलाउँदै गएकाले गरिबका छोराछोरी गुणस्तरीय शिक्षाबाट बञ्चित हुँदै गएको छ भन्नुभयो ।

कार्यक्रममा मध्यपुरथिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले निजी र सामुदायिक विद्यालयबीच रहेको खाडललाई पुर्दै सामुदायिक विद्यालयको शैक्षिक उन्नतिका लागि नगरपालिकाले काम गर्ने बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक उद्धव सुजखुले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

सो अवसरमा विद्यालयको भौतिक तथा शैक्षिक विकासमा उल्लेखनीय योगदान पु¥याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गर्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter