बिहिबार, १३ बैशाख २०८१

विशेषअदालत द्वारा बस्नेतलाई सफाइ

२५ चैत्र २०७४, आईतवार २०:३६ मा प्रकाशित

काठमाडौँ, २५ चैत (रासस) ः विशेष अदालतले परशुराम बस्नेतलाई सफाइ दिएको छ । आज अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्वय रत्नबहादुर वागचन्द र नारायणप्रसाद पोखरेलको इजलासले सफाइ दिएको अदालतका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले जानकारी दिनुभयो ।

उहाँले बस्नेतमाथि लगाइएको सम्पत्ति शुद्धीकरणअन्तर्गत कसुर गरेर आर्जन गरेको सम्पत्ति शुद्धीकरण विभागको मुद्दामा मागदाबी गरेअनुसारको कसुर गरेको भन्ने कुरा स्थापित हुन नसकेकाले सफाइ दिएको हो ।

बस्नेतसहित उहाँकी श्रीमती अञ्जुसिंह बस्नेतलाई सफाइ दिएको हो ।

सम्पत्ति शुद्धीकरण विभागले २०७० जेठ ५ गते सम्पत्ति शुद्धीकरणअन्तर्गत रु ११ करोड ६१ लाख ४१ हजार ९७७ आर्जन गरेको भन्दै बिगोसहित अदालतमा मुद्दा दायर गरेको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter