शुक्रबार, १६ चैत २०८०

कपिलबस्तुका युवाहरु साईक्लि· तर्फ आकर्षित

२५ चैत्र २०७४, आईतवार १८:२२ मा प्रकाशित

 

अजय बर्मा ,कपिलबस्तु

बिभिन्न रोगको निवारण साईकल चलाउनु हो भन्ने सचेतना फैलाउदै कपिलबस्तुका युवाहरु साईकल राईडि·मा उत्रिएका छन् ।

नेपालमा शारीरिक रूपले सक्रिय महिला पुरुषहरूमा असामयिक मृत्यु हुने सम्भावना बढी देखिएकाले साइक्लिङ गर्दा ३० प्रतिशतसम्म कम हुने र मुटु रोग, मधुमेह, क्यान्सर, स्ट्रोक आदि जस्ता दीर्घ रोगहरू विकसित हुने सम्भावनामा आधा भन्दा कम हुने हुदा जिल्लाका दर्जनौ युवाहरु सचेतना फैलाउद साइक्लिङ मा उत्रिएका हुन् ।

मुटु रोग विशेषज्ञ चिकित्सकहरुले आफू कहाँ मुटु रोग उपचारका लागि आउने धेरैजसो बिरामीलाई नियमित साइकल चलाउने सल्लाह दिन्छन् । साइकल चलाउनुलाई ‘काममै व्यायाम’ बताउँछन । शारीरिक रूपमा आफूलाई सक्रिय राख्न मर्निङवाक, जगिङ, दौड, पौडी, पैदल हिँडाइ, ट्रेड मिलमा हिँडाइलगायत जुनसुकै तरिका अपनाउन सकिन्छ । तर साइक्लिङको विशेष महत्त्व के छ भने, यो सबैका लागि उपलब्ध र उपयुक्त हुनुको साथै यसमा व्यायामसँगै कार्य सम्पादन समेत हुन्छ । यसले तपाईंको शक्ति, सन्तुलन र समन्वय बढाउँछ भन्ने सल्लाह पाएपछि कपिलबस्तु नगरपलिकाका बिकाश त्रिपाठीले कपिलबस्तुमा साइक्लिङको शुरुवात गर्दै अहिले दर्जनौ युवा महिला पुरुषहरुलाई जोडेको बताएका छन् ।

नियमित साईकल चलाउँदा मुटु र रक्त नलीसम्बन्धी स्वास्थ्य राम्रो हुने, शरीरको बोसोको स्तर कम हुने, जोर्नीको गतिशीलता बढ्ने, चिन्ता र उदासीपना कम हुने ,शारीरिक र मानसिक स्वास्थ्य राम्रो बनाउँने, मांसपेशीको शक्ति र लचिलोपन बढाउँने यस्तै मोटोपना घटाउनुका साथै तौल नियन्त्रण गर्ने, तनावको स्तर घटाउँने ,हाड बलियो बनाउँने र धेरै रोगबाट जोगाउँने हुदा साइक्लिङ तर्फ लागेको नासीर गौरीले बताए ।

यस्तै जोर्नीको समस्या भएकाहरू, शारीरिक सन्तुलनको समस्या वा अति वृद्घबाहेक हरेक व्यक्तिले साइकल चलाउन सक्छन् । डाक्टरका अनुसार, मुटु रोगी, उच्च रक्तचाप भएकाहरू, मधुमेहका रोगी, हृदयाघात भइसकेकाहरू लगायत सबै खाले व्यक्तिले सुरक्षित तरिकाले साइकल चलाउन सक्ने हुदा हामी बिभिन्न स्थानमा जागरुकता फैलाउदै हिडेको जियावुल हक बताए् ।

साइकल चलाउँदा शरीरका सबै मांसपेशीहरू सक्रिय मात्र नभएर यसको उपयोगसमेत हुन्छ । यसअन्तर्गत हामीले प्याडल चलाउने भएकोले खुट्टाको मांसपेशी सबैभन्दा बढी सक्रिय हुन्छ । यति मात्र नभई पेट, पिठ्युँ, हात लगायतका मांसपेशीहरूसमेत सक्रिय हुनु का साथै साइकल चलाउनुले सम्पूर्ण शरीरलाई शक्ति प्रदान हन्छ भने चिकित्सकहरुको भनाई छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter