आइतबार, २३ बैशाख २०८१

गोली लागि घाइते प्यालेष्टिनी पत्रकारको निधन

२५ चैत्र २०७४, आईतवार १२:४२ मा प्रकाशित

गाजा शहर, प्यालेष्टिनी अधिनस्थ क्षेत्र, २४ चैत (रासस÷एएफ्पी) ः इजरायलबाट शरणार्थीका रूपमा गाजा क्षेत्र र वरपरका स्थानमा प्यालेष्टिनीहरूले आँफू जन्मेको स्थानमा फर्किन पाउनुपर्ने दावीका साथ भएका प्रदर्शनको फोटो लिने क्रममा घाइते बनेका पत्रकारको शनिबार निधन भएको प्यालेष्टिनी अधिकारीले बताएका छन् ।

गाजास्थित समाचार संस्था ऐनका प्यालेष्टिनी फोटोे पत्रकार यासेर मुर्तजालाई शुक्रबार भएको प्रदर्शनको फोटो लिने क्रममा गोली लागेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । अस्पताल स्रोतका अनुसार गाजास्थित एक अस्पतालमा उपचारका क्रममा एक पत्रकार र एक अन्य व्यक्तिको निधन भएकोे छ ।

उक्त प्रदर्शनका क्रममा ठूलो सङ्ख्यामा प्यालेष्टिनी प्रदर्शनकारी घाइते भएका थिए । अघिल्लो हप्ता पनि दशौँ हजारको सङ्ख्यामा प्रदर्शनको भएको र उक्त क्रममा १७ जनाको इजरायली सेनाको गोली लागेर मृत्यु भएको थियो भने करिब एक हजार ४०० जना घाइते भएका थिए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter