शुक्रबार, १६ चैत २०८०

अज्ञात रोगबाट तीनहजार ५०० कुखुरा मरे

२३ चैत्र २०७४, शुक्रबार ११:३१ मा प्रकाशित

त्ननगर, चितवन, २३ चैत  शंकास्पद रोगका कारण चितवनको रत्ननगर नगरपालिका–१५ माधवपुरको लामिछाने पोल्ट्री फार्मका तीन हजार ५०० लेयर्स कुखुरा मरेका छन् ।

करीब एक हप्ताको अन्तरालमा यसरी कुखुरा मरेका हुन् । यही चैत १५ गतेदेखि कुखुरा मर्न थालेको फर्मका सञ्चालक द्रोणप्रसाद लामिछानेले जानकारी दिनुभयो । कुन रोग लागेको भन्ने पहिचान भने भएको छैन ।

“एक्कासि कुखुरा झोक्राउने र मर्ने भयो, लामिछानेले भन्नुभयो, ल्याबमा चैत १६ गते र २० गते नमूना पठाए पनि अहिलेसम्म केही जानकारी आएको छैन ।” उहाँका अनुसार फार्ममा बाँकी रहेका एक हजार ६०० कुखुरासमेत मर्ने अवस्थामा पुगेका छन् ।

सो जानकारी आएपछि बिहीबार जिल्ला पशुसेवा कार्यालय, चितवनले फार्मको स्थलगत निरीक्षण गरेको छ । पशुसेवा कार्यालयका पशु चिकित्सक डा विकास श्रेष्ठले कुखुराको मृत्युदर धेरै रहेको जानकारी दिँदै परीक्षणको रिपोर्ट नआएसम्म यसै भन्न नसकिने बताउनुभयो ।

चैत २० गते भरतपुरस्थित पक्षीरोग अन्वेषण प्रयोगशालाबाट नमूना थप परीक्षणका लागि काठमाडौँ पठाइएको श्रेष्ठ बताउनुहुन्छ । उहाँले बर्डफ्लूसँग मिल्ने लक्ष्य भने नदेखिएको दाबी गर्दै कुन रोग भनेर यसै भन्न नसकिने बताउनुभयो ।

अण्डा दिन थालेको तीन महिना नहुँदै अचानक रोग लागेर कुखुरा मरेपछि अहिलेसम्म रु ४० लाखभन्दा बढी क्षति भइसकेको जनाइएको छ । शुरुमै पशुसेवा कार्यालयलाई जानकारी दिँदा चासो नदिएको आरोप कुखुरापालक किसानको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter