मङ्गलबार, ०४ बैशाख २०८१

एकता संयोजन समितिको बैठक शुरु

२२ चैत्र २०७४, बिहीबार ११:३३ मा प्रकाशित

ठमाडौँ, २२ चैत  एकताको मिति र मिल्न बाँकी विषयमा टुङ्गो लगाउन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

यसअघि मंगलबारको संयोजन समितिको बैठकले पार्टी एकतासम्बन्धी सांगठनिक र वैचारिक प्रतिवेदन ग्रहण गरेको थियो । प्रतिवेदनमा आउँदो वैशाख ९ मा एकता गर्न सुझाव दिइएको छ ।

एकताको मिति र कार्यदलले मिलाउन बाँकी विषयमा छलफल गर्न आज एकता संयोजन समितिको बैठक बसेको हो । दुई दलबीच चुनाव चिह्न, पद बाँडफाँडको आधारजस्ता विषय मिलाउन बाँकी छ ।

गत फागुन ७ मा पार्टीको नाम नेकपा कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद राख्नेलगायत एकताका सातबुँदे प्रारम्भिक आधारमा दुई दलले सहमति गरेपछि एकता प्रक्रियाले गति लिएको हो ।
––– 

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter