बिहिबार, ०६ बैशाख २०८१

आयोगहरु गठनमा ढिलाइ किन?

चैत्र-२१,काठमांडौ

२१ चैत्र २०७४, बुधबार १९:०४ मा प्रकाशित

…..”सरकारले धर्मनिरपेक्ष राज्यकाे सिध्दान्तबिपरित सार्वजनिक विदाकाे सूचि सार्वजनिक गरेर केही जाति, धर्मलाई राज्यकाे जाति, धर्म बनाउने गरी सबिधानकाे मर्मबिपरित काम गरेकाे छ ।” अाज साँँझ केयरखबरसँग संक्षिप्त कुराकानी गर्दै पूर्वमन्त्री माेहम्मद जाकिर हुसैनले बताएका छन् ।

 

ईद, बक्रईद, उभाैली, छठ अादि पर्वलाई धार्मिक, सांस्कृतिक, सामुदायिक पर्वकाे सूचिमा राख्नु र विजयादशमी, महाशिवरात्री लगायतका केही पर्वलाई राष्ट्रिय पर्वकाे क्याटेगाेरीमा राख्नुकाे कुनै तूक नरहेकाे उनले जिकिर गरे ।

 

उनले भने, “सवै धार्मिक, सांस्कृतिक र सामुदायिक पर्वहरूलाई एउटै क्याटाेगरीमा न राख्नुकाे कारण के हाे ? सरकारकाे यस निर्णयले धर्मनिरपेक्षताकाे जरा हल्लाइसकेकाे छ । नेताहरूकाे नियतमाथि प्रश्न चिन्ह खडा भइसकेकेकाे छ ।”

 

“हामी यस निर्णयकाे बिरूध्दमा छाैं । सरकारले निर्णय सच्याउनु पर्छ । न सच्याए हामी संघर्षमा उत्रन्छाैं । हामी सरकारलाई ध्यानाकर्षण गराउने कार्यमा जुटी सकेका छाैं” उनले बताए ।

यसअघिकाे सरकारले मुहम्मद दिवसकाे अवसरमा दिएकाेे सार्वजनिक विदाकाे समेत कटाैति गरेर यो सरकारले मुस्लिम समुदायलाई अपमानित गरेकाे बताए ।

मुस्लिम गठबन्धनकाे महासचिव समेत रहेका हुसैनले मुस्लिम, महिला, दलित, मधेशी, जनजाति, थारू अादि अायाेगहरू गठनमा सरकारले ढिलाई गरिरहेकाे समेत अाराेप लगाएका छन् । उनले भने, “तीनै तहकाे निर्वाचन सम्पन्न भयो । सरकार पनि गठन भयाे । याे सही छ । संविधानकाे कार्यान्वयनमा संवैधानिक अंगहरूकाे पूर्णता पनि उत्तिकै महत्वपूर्ण छ । संवैधानिक अायाेगहरू गठनमा ढिलाई किन भइरहेकाे छ?”

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter