शुक्रबार, १४ बैशाख २०८१

ईद र बक्रईद को बिदा पुनः राष्ट्रीय बिदाको सुचिमा राख्न आग्रह गर्दै मुस्लिम समुदाय

चैत-२१,काठमांडौ

२१ चैत्र २०७४, बुधबार १७:३३ मा प्रकाशित

 

सरकारले राजपत्रमा सार्वजनिक गरेको बिदाहरू मा ईदुल फ़ितरः र ईदुल अजहा लाई राष्ट्रीय सार्वजनिक बिदा बाट सामुदायिक बिदामा सूचीकृत गरेकोमा इद र बक़रीद महान पर्वको अपमान गरेको भन्दै मुस्लिम समुदाय आज गृहमंत्री राम बहादुर थापा समक्ष ज्ञापन पत्र बुझाएका छन ।

त्यस्तै मुहम्मद जयन्ति अंतरराष्ट्रीय रुपमा महत्त्वपूर्ण दिवसको रुपमा स्थापित भएको सन्दर्भमा उक्त अवसरमा सार्वजनिक बिदा घोषणा भएको थियो ।यो बिदा बर्तमान सरकारको निर्णयबाट कटौती गरी मुस्लिम समाजको पहिचान र मांगलाई कुण्ठित गरिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने क्रममा मुस्लिम गठबंधन का संयोजक शमीम मियाँ अन्सारीले हाम्रो मांग सम्बोधन नभए आन्दोलनमा समेत उत्रिने ज्ञापन पत्र मार्फ़त जानकारी गराए छन।
ईद बक़रीद को दिन सभा सम्मेलन, परीक्षा ,पेशी पर्न सक्ने र यो पर्वमा मुस्लिम लगायत स्थानीय सबै धर्म जाती समुदायको परस्पर सहभागिता हुदै आएको कुरा नेता अतहर फारूकी ले गृहमन्त्री लाई अवगत गराउदै उक्त बिदा लाई राष्ट्रीय सार्वजनिक बिदा मा नै पुनः राख्न आग्रह गरेका छन।

ज्ञापन पत्र बुझाउने टोलीमा गठबंधनका सचिवालय सदस्य अतहर हुसैन फारूकी, नेपाली मुस्लिम समाज कतारका  अध्यक्ष इंजीनियर मोहमद अय्यूब , राज मोहम्मद अंसारी, रुस्तम अलि मन्सूर , ऐस-टुगेदर वी क्यान का कार्यकारी सदस्य शमशाद आदिल लगायतको सहभागिता थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter