शुक्रबार, १६ चैत २०८०

डीपीएल क्रिकेटको उद्घाटन खेलमै काठमाडौं गोल्डेन्सका साहिब आलमले हृयाट्रिक विकेट लिए

१७ चैत्र २०७४, शनिबार १८:३९ मा प्रकाशित

१७ चैत, काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उद्घाटन खेलमै काठमाडौं गोल्डेन्सका साहब आलमले हृयाट्रिक विकेट लिएका छन् ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको धनगढी टिम चौराहले १८ औं ओभरमा लगातार तीन विकेट गुमाएको हो ।

तेस्रो बलमा सुजिन धमलाकको विकेट उनले अर्को बलमा सोमपाल कामीलाई कप्तान ज्ञानेन्द्र मल्लको हातबाट क्याच गराए । ओभरको पाँचौं बलमा सोनु तामाङको विकेट लिँदै यू-१९ बलर साहबले हृयाट्रिक पुरा गरे ।

धनगढीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४५ रन मात्र बनाउन सक्यो । उसका लागि आक्रामक पारी खेलेका सुनिल धमलाले ५७ बलमा ६८ रन बनाए भने शंकर रानाले ३६ रन जोडे ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter