मङ्गलबार, १२ साउन २०७८

नेपालमा फेरि अर्को महाभूकम्पको त्रास? हेर्नुहोस बिस्तृतमा …

१७ चैत्र २०७४, शनिबार १६:२६ मा प्रकाशित

काठमाडौँ ।

विज्ञान भन्छ, भुकम्पकीय जोखिमको पूर्वानुमान सम्भव छैन । बरु भूकम्पपछिको झट्का कतिबेला कस्तो ठाउँमा आउन सक्छ भन्ने बारे सामान्य अनुमान गर्ने केही आधार हुन्छन् । लामो समयदेखि भूकम्प र भू संरचनाका विषयमा अध्ययन गरिरहेका भारतका प्रोफेसर वैज्ञानिक चन्दन घोषले दक्षिण एसियामा भूकम्पीय पूर्वानुमान सम्भव नै नहुने ठोकुवा गरेका छन् । तर भूकम्पपछिको झड्काको अनुमान गर्न नसकिएपनि केही सेकेन्ड पहिलेमात्रै वैज्ञानिक रुपमा अध्ययन गरेर भूकम्प कहाँ जानेवाला छ भनेर भन्न सकिन्छ । जुन निकै कम समय हो ।
नेपालको सन्दर्भमा त यसको जानकारी दिने वा पाउने निकायले अनुभूति गर्ने समय सम्म रहँदैन । तर केही विकसित देश जहाँ प्रशस्त भूकम्पीय जोखिम छ र प्रविधिको उच्च विकास भएको छ, त्यस्ता देशमा भने केही सेकेण्ड पहिले भूकम्पीय पूर्वानुमान नै हुने गर्छ जसले हुन सक्ने क्षतिलाई न्युन गर्ने काममा समेत सहयोग गरेको छ । जस्तै जापान र ताईवानमा केही सकेन्ड पहिले भूकम्पको भविष्यवाणी गर्ने प्रविधि छ । यही प्रविधिको सहयोगले बुलेट रेललाई स्वचालित रुपमा रोक्ने गरिएको छ । भूकम्पीय पुर्वानुमानको सम्भावाना नरहेपनि भूकम्पीय चाल बारेभने प्रशस्त अध्ययनहरु भएका छन् । जसले विभिन्न तथ्य सार्वजनिक समेत गरेको छ । भूकम्प आउँदा दुई किसिमका तरंगहरु आउने गर्छन् । पहिलोलाई प्राथमिक तरंग भनिन्छ र दोस्रोलाई सेकेन्डरी भनिन्छ ।
प्राइमरी तरंग सामान्यतया ६ किलोमिटर प्रतिसेकेन्डको गतिमा चल्छ । सेकेन्डरी तरंग औसत ४ किलोमिटर प्रतिसेकेन्डको गतिमा हुन्छ । १०० किलोमिटरको गति पूरा गर्दा ८ सेकेन्डको अन्तर हुन पुग्छ । अर्थात् भुइँचालो आउँदैछ भनेर भूकम्प केन्द्रदेखि १०० किलोमिटर दूरीबाट ८ सेकेन्ड पहिले थाहा पाउन सकिन्छ । तर यो अनुमान वा जानकारी सामान्य नागरिकले अनुभूति गर्ने कुरा भने होईन । वैज्ञानिकहरुले जानकारी पाउने यो अनुमान आम मानिसमा पुग्ने र सावधानी अपनाउने सम्भावना पटक्कै रहँदैन । तर जापान र ताईवानका वैज्ञानिकले प्रयोग गर्ने प्रविधिको प्रयोग हुन सके केही सेकेण्डको अन्तरमा मात्रै पाउने अग्रिम सूचनाले समेत केही क्षति कम गर्न अवश्य सक्नेछ । तर नेपालमा भने भूकम्पीय पूरै निरर्थक र अफवाह सावित हुने प्रोफेसर डाक्टर घोषको दाबी छ ।
16699822_10206538165053489_703772909_n
नेपालमा भूकम्पीय पूर्वानुमान बारेको बुझाई के हो ? नेपालमा वि.सं १९९० पछि २०७२ सालमा विनाशकारी महाभूकम्प गयो । जसले ठूलो भौतिक संरचनासहित जनधनमा क्षति पु¥यायो । हुन त यो बीचमा पनि धेरैपटक साना ठूला भूकम्पले नेपाललाई हल्लाईरहेको छ । तर क्षतिका हिसाबले यी दुई भूकम्प नै नेपालका डरलाग्दा २ ठूला भूकम्प हुन् । जसले नेपालमा भूकम्पीय बहसलाई उत्कर्षमा पु¥याई रहेको छ । २०७२ को विनाशकारी महाभूकम्पपछि विशेषगरी नेपाली मिडिया र सोसियल साईटहरुमा नेपालमा अर्को महाभूकम्पको जोखिम रहेका समाचारहरु विभिन्न कोणबाट प्रस्तुत भईरहेका छन् । तर यी सबै बहसहरु भूकम्पीय जोखिम न्यूनीकरणका लागि महत्वपूर्ण हुने भएपनि पूर्वानुमानका दृष्टिले निकै फितलो साबित हुने देखिएका छन् । हुन त भूकम्पबारे मुसो, सर्प तथा कुकुरले केही सेकेण्ड पहिले थाहा पाउने कुरा वैज्ञानिकहरु पनि स्वीकार्छन् ।
कुकुरका विषयमा अझै वैज्ञानिकहरुले अनुसन्धान गरी नसकेको भएपनि उनीहरु जमिनमुनि बस्ने भएकाले मुसा तथा सर्पले जमिनको चाल अनुसार भूकम्पको जानकारी पाउने अर्को भारतीय अनुसन्धाता प्रोफेसर डा. आनन्दकुमारले बताएका छन् । नेपालका भूकम्पविद् डा. आमोदमणि दीक्षितका अनुसार नेपालमा भूकम्प पूर्वानुमानको सम्भावा नै छैन । भूकम्पबारे विभिन्न खाले अध्ययन र प्रतिवेदनहरु आउँछन ती प्रतिवेदनले तथ्यको नजिक पुगेर भूकम्पको सम्भावना आँकलन गर्ने स्वाभाविक रहेपनि भूकम्प यही बेला जान्छ, यत्तिको शक्तिशाली वा यो ठाउँमा जान सक्छ भनेर आएका समाचारमा सत्यता नभएको उनकोे बुझाई छ ।
नेपालमा २०७२ को महाभूकम्पपछिको अवस्था :
नेपालमा विनाशकारी भूकम्पको डेढ बर्ष पुरा भएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पपछि पनि पुरानै ढाँचामा फर्कंदै गरेको अनुभव भैरहेको छ । विनाशकारी भूकम्पको पीडालाई भुल्नु र सामान्य जीवनयापनमा फर्कनु सामान्य हो जसलाई सकारात्मक रुपमा लिनुपर्ने हुन्छ तर हाम्रो सोच र व्यवहारले अब अहिलेको जीवित पुस्ताले यस्तै अर्को ठूलो भूकम्पको सामना गर्नुपर्ने छैन भन्ने सोचाई आउनसक्ने विपत्तिमाथिको व्यवस्था पनि हुन सक्छ । के अब हाम्रो जीवनकालमा अर्को ठूलो भूकम्प नआउला त ? प्रश्नको उत्तर त्यति सहज नभए पनि अनुसन्धानहरूले हामीलाई ढुक्क भएर बस्ने संकेत गर्दैनन् ।
16736219_10206538165093490_796108286_n
अन्तर्राष्ट्रिय भूगर्वविद्हरूको समूहले मध्य नेपालमा भूकम्पको प्रकृति, भूकम्पपछिको जमिनको हलचल, ऐतिहासिक भूकम्पीय प्रमाणहरूको उत्खनन् जस्ता विविध कोणबाट गोर्खा भूकम्पपछि भूकम्पीय जोखिमको अवस्थाको अनुसन्धानलाई निरन्तरता दिएका छन् । गएको २० महिनामा दर्जनभन्दा बढी अनुसन्धानात्मक लेख अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित भैसकेका छन् । जुन लेखहरुले आम मानिसमा दुईखाले असर पैदा गरेका छन् ।
पहिलो त नेपालमा भूकम्पीय जोखिमबारे पूर्वानुमानको सम्भावना नभएपनि विभिन्न खोज र अनुसन्धानले जुनकुनै बेला जुनकुनै ठाउँमा जानसक्ने भूकम्पको कुनै कुनै रुपमा जोखिम छ नै जसलाई यस्ता अध्ययन अनुसन्धान र प्रकाशित आलेखहरुले थप कम जोखिमयूक्त संरचनाको निर्माण गर्न सचेत गराएको छ । त्यसबाहेक यस्ता अध्ययान र अनुसन्धानको हवला दिंदै आउने विभिन्न समाचारहरुका समाचारले आममानिसलाई आतंकित पारेकोमा समेत दुईमत छैन ।
भूकम्पबारे सार्वजनिक अनुसन्धानका प्रतिवेदनले यसो भन्छन :
अनुसन्धान— १
हिमालय बन्ने प्रक्रियामा पन्ध्र सयदेखि दुई हजार किमि पूर्व–पश्चिम फैलिएका र लगभग ६ देखि २५ किमिसम्म गहिराइ भएका तीनवटा ठूला दरारहरू बनेका छन् । यी मध्ये एउटा तराई र चुरे पहाडको सिमाना, एउटा चुरे पहाड र महाभारत लेकको सिमाना र अर्को निम्न र उच्च पहाडी भागको सिमानामा अवस्थित छन् । यी दरारहरू गहिराइमा पुगेर अर्को लगभग १० डिग्रीको कोणमा उत्तरतिर ढल्केको दरारमा मिल्छन्, जसलाई मेन हिमालयन थ्रस्ट (एमएचटी) भनिन्छ । इन्डियन प्लेटको तल्लो भाग अहिले पनि एमएचटीभन्दा तलबाट उत्तरतर्फ धस्सिरहेको छ र यसले हिमालय शृङखलालाई ठूलो बलले उत्तरतर्फ धकेलिरहेको छ । उक्त बललाई थेग्न नसकी बेला—बेला हिमालयमा रहेका दरारहरूमा चट्टान चिप्लिन्छन् र ठूला भूकम्पहरू उत्पन्न हुन्छन् । दुई प्लेटहरू जुधेको क्षेत्रमा जमिनको सापेक्षिक चाल भूउपग्रहको सहायताले आधुनिक ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) उपकरणको सहायताले नाप्न सकिन्छ ।
16736045_10206538165133491_1071664532_n
आधुनिक जीपीएस उपकरणहरूले मिलिमिटरभन्दा कमको परिशुद्धतामा जमिनको चाल मापन गर्न सक्छन् । गोर्खा भूकम्प जांँदा लगभग १५० पूर्व—पश्चिम, ६० किमि उत्तर—दक्षिण र १५ किमि गहिराइ भएको गोर्खाको बार्पाकदेखि दोलखाको सुनखानीसम्मको भाग एमएचटीको सतहमा लगभग ३.५ मिटर दक्षिणतर्फ चिप्लिएको थियो । यसरी जमिन दक्षिणतर्फ चिप्लिने प्रक्रिया भूकम्पपछि पनि यथावत छ वा अड्किएर बसेको छ भन्ने जान्न अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका डा. आद्रिनो ग्वालादीको नेतत्वमा अमेरिका, चीन, बेलायत, नेपाल लगायतका वैज्ञानिकहरूले भूकम्प जानुभन्दा लगभग २ वर्ष अगाडिदेखि नै विभिन्न ठाउँमा राखिएका ३३ वटा जीपीएस स्टेसनहरू र भूकम्प लगत्तै राखिएका थप जीपीएस स्टेसनहरूले रेकर्ड गरेका तथ्याङ्कलाई विश्लेषण गरे । उनीहरूको अनुसन्धान लेख विश्व प्रसिद्ध भौगर्भिक जर्नल टेक्टोनोफिजिक्समा सन् २०१६ को जूनमा प्रकाशन भएको छ ।
उनीहरूका अनुसार गोर्खा भूकम्पपछि काठमाडौंको दक्षिणी भागमा जमिनभन्दा लगभग १० किमिमुनि एमएचटीमा जमिन अड्किएको छ र हाल यही क्षेत्रमा शक्ति सञ्चय भैरहेको छ । यसले मध्य नेपालमा भूकम्पीय खतरा झनै बढाएको छ ।
अनुसन्धान— २
जापानको हिरोसिमा विश्वविद्यालयका प्राध्यापक यासुहिरो कुमाहाराले नेपाली भूगर्भशास्त्रीसँगै गरेको अनुसन्धान निष्कर्ष ‘अर्थ प्लानेट एन्ड साइन्स’ भन्ने जर्नलमा प्रकाशित भएको छ ।
वैज्ञनिकहरूका अनुसार जमिनको सतहबाट धेरै नजिक केन्द्रविन्दु भएर नेपालको जत्रो महाभूकम्प जाँदा प्रायस् जमिनमुनि फाटेको चिरा जमिनको सतहसम्म आइपुग्छ । यसो भयो भनेमात्र इन्डियन प्लेट र युरोसियन प्लेट जुध्दा सञ्चित भएको भनिएको पुरै शक्ति स्खलित हुने सम्भावना रहन्छ ।
गोर्खा भूकम्प लगत्तै भूगर्भ्विद्हरूको समूहले काठमाडांै वरिपरि र महाभारत क्षेत्रको झिकु खोला, चित्लाङ, कुलेखानी, मालागिरि तथा कोल्पु खोला भएर जाने पांँचवटा सक्रिय फल्ट (एक्टिभ फल्ट) हरूको स्थलगत भ्रमण तथा एरियल फोटोको माध्यमबाट अध्ययन र्गयो ।
आफ्नो अध्ययन तथा स्थानीयहरूले दिएको सूचनाको आधारमा पनि उपरोक्त सक्रिय फल्टहरूमा गोर्खा भूकम्प जांँदा वा त्यसपछि पनि जमिनमा कुनै किसिमको ‘मुभमेन्ट’ भएको प्रमाण भेटिएन । तसर्थ उनीहरूको निष्कर्ष छ, काठमाडौं वरिपरि उपरोक्त सक्रिय फल्टहरूमा हुनसक्ने मुभमेन्टका कारण भविष्यमा ठूला भूकम्प जानसक्ने खतरा यथावत छ ।
अनुसन्धान— ३
अमेरिकाको नेभडा विश्वविद्यालयका स्टेफेन आङस्टर लगायत जापान र नेपालका भूगर्भ्विद्हरूको अर्को अनुसन्धानात्मक लेख ‘सेस्मोलोजिकल रिसर्च लेटर्स’ भन्ने जर्नलको भोलुम ८६ अङ्क ६, नोभेम्बररडिसेम्बर, २०१५ मा प्रकाशित भएको छ । उनीहरूको अनुसन्धान भूकम्प लगत्तै तयार गरिएको इन्टरफेरोमेट्रिक सिन्थेटिक एपारेचर राडार (इन्सार) नक्सा र मे ४ देखि १५ तारिख, २०१५ मा गरिएको काठमाडांै वरिपरि र काठमाडौंभन्दा दक्षिण चुरे र तराई सिमाना क्षेत्रमा गरिएको स्थलगत अध्ययनमा आधारित छ ।
यी दुवैको अध्ययनबाट गोर्खा भूकम्प सम्बन्धित दरार जमिनसम्म आइपुगेको प्रमाण कहीं कतै पनि भेटिएन । अध्ययनबाट काठमाडौंको कौशलटारमा भेटिएका धांँजा वास्तवमा कुनै फल्टसंँग सम्बन्धित नभएर जमिनको माथिल्लो तहमा मात्र सीमित भएको पाइयो । उनीहरूको निष्कर्ष छ, गोर्खा भूकम्पले जमिनको सतहसम्म जमिन फटाउन नसकेकाले काठमाडांै वरिपरि ठूलो भूकम्पको खतरा कायमै छ ।
अनुसन्धान— ४
अक्स्फोर्ड विश्वविद्यालय बेलायतका भूगर्भ्विद् जोन इलियट र उनको टिमले गार्खा भूकम्पपछि नेपालमा गरेको अनुसन्धान नेचर जियोसाइन्सको जनवरी २०१६ को अंकमा प्रकाशित भएको छ । उनीहरूले पनि भूकम्प लगत्तै पछिको इन्टरफेरोमेट्रिक सिन्थेटिक एपारेचर राडार (इन्सार) नक्सा र जीपीएस स्टेसनहरूले रेकर्ड गरेको जमिनको चालसम्बन्धी तथ्याङ्कहरूलाई नै विश्लेषण गरेका छन् । उनीहरूका अनुसार पनि काठमाडौं आसपासमा ठूलो भूकम्पको खतरा अझै टरेको छैन ।
गोर्खा भूकम्पका कारण लगभग १५ किलोमिटर तल सुरु भएको धाँंजा (रपचर) काठमाडांै आसपासमा ११ किमि तल, चुरे र तराईको सिमानबाट लगभग ५० किमि उत्तरमा आएर अड्किएको छ र यसका कारण यहाँ लगातार शक्ति सञ्चय भैरहेको छ । सञ्चित शक्ति कुनै पनि समयमा भूकम्पका रूपमा स्खलित हुनसक्छ ।
अनुसन्धान— ५
भूगर्वविद्हरूका अनुसार हिमालयमा भूकम्प जांँदा यदि फल्ट प्लेनको मुभमेन्ट सतहसम्म जमिनसम्म आइपुग्यो भने यसले जमिनमा देखिनेगरी दरार उत्पन्न गर्छ र यस्तो दरारलाई पहिचान गर्न चुरे पहाड र तराईको सिमानामा रहेको भावर जोनमा नदीले थुपारेको सेडिमेन्ट (रिभर टेरास) मा दरार (जमिन चिरा परी एक भाग अर्को भागमुनि धस्सिएको अवस्था) देखापर्छ । यिनै दरारहरू ठूला भुइंँचालोले छाड्ने अवशेष हुन् र भूगर्भ्विद्हरूले यिनै दरारहरूको अध्ययन गरेर ऐतिहासिक महाभूकम्पहरूको कथा उधिन्छन् ।
यिनै दरारहरूको खोजी गर्न अमेरिकाको नेभाडा विश्वविद्यालयका स्टेभेन विश्नोउस्की लगायत जापान र नेपालका भूगर्भ्विद्हरूले काठमाडौंको दक्षिण चुरे र तराईको सिमानामा वागमती नदी नजिक बर्दिबास र नवलपरासीको त्रिवेणी नजिक दुई ठाउंँमा एक्स्काभेटरको सहायताले गहिरा ट्रेन्च (खाडल) खनी भावर जोनमा भएका रिभर टेरासको अध्ययन गरी अनुसन्धान नतिजा भर्खरै मात्र (नोभेम्बर ३, २०१६) ‘अर्थ एन्ड प्लानेटरी साइन्स लेटर्स’को अङ्क ४५७ मा प्रकाशित गरेका छन् ।
बागमती साइट गोर्खा भूकम्प गएको ठाउंँको ठिक दक्षिणमा पर्छ भने त्रिवेणी साइट गोर्खा भूकम्पले असर पारेको क्षेत्रभन्दा बाहिर लगभग २०० किमि पश्चिममा पर्छ । खनिएका खाडलमा भेटिएका भौगर्भिक प्रमाणहरू र कोइलाको रेडियोमेट्रिक डेटिङले के संकेत गर्छ भने यस क्षेत्रमा सम्भवतस् सन् १२५५ मा ठूलो भूकम्प गएको थियो । यो भूकम्प जांँदा वागमतीदेखि त्रिवेणीसम्मको लगभग २०० किमि दूरीभित्र ७ देखि १० मिटरसम्म जमिन माथि उठ्नेगरी जमिनसम्म नै दरार उत्पन्न गरेको थियो । यसपछि बागमतीदेखि त्रिवेणीसम्मको क्षेत्रमा केन्द्रविन्दु पर्नेगरी ठूला भूकम्प गएका छैनन् ।
अहिले इन्डियन प्लेट प्रतिवर्ष २० मिमिका दरले उत्तरतर्फ सरिरहेको छ भन्ने जियोडेटिक अवलोकनले देखाइरहेको सन्दर्भमा सन् १२५५ को भूकम्पपछि कम्तीमा हालसम्ममा औसत १५ मिटर तराईको भाग उत्तरतर्फ चुरे पहाडमुनि धस्सिनुपर्नेमा यो अन्तरालमा जमिन धस्सिएको वा अर्को शब्दमा भन्ने हो भने ठूलो भूकम्प गई फल्ट मुभमेन्ट जमिनसम्म आइपुगेको भेटिएको छैन । ७.८ म्याग्नेच्युडको गोर्खा भूकम्प जांँदासमेत फल्ट मुभमेन्ट जमिनसम्म आएको कुनै प्रमाण नभेटिएकोले हाल पनि यस क्षेत्रमा भूकम्पीय जोखिम घटेको छैन र गोर्खा भूकम्पभन्दा ठूलो म्याग्नेच्युडको भूकम्प जाने खतरा यथावत रहेको छ ।
माथिका पांँचवटै अनुसन्धानले देखाएको एउटै निष्कर्ष के हो भने गोर्खा भूकम्पपछि मध्य तथा पश्चिम नेपालमा भूकम्पीय जोखिम झनै बढेको छ । अझ यसो भन्न सकिन्छ, उत्तरी क्षेत्रमा रहेको शक्ति सञ्चय स्थल गोर्खा भूकम्पपछि काठमाडौंको झनै नजिक सरेको छ र यदि यो धांँजा फाटेर जमिनसम्म आइपुग्यो र एकै पटकमा सञ्चित शक्ति स्खलन भयो भने यसले गोर्खा भूकम्पभन्दा पनि विनाशकारी भूकम्प ल्याउनेछ र यसको असर काठमाडौंमा गोर्खा भूकम्पको भन्दा धेरै गुण बढी हुनेछ । उता काठमाडौंदेखि भारतको कुमाउसम्मको हिमालय खण्डमा विगत ५०० वर्षयता ठूला भूकम्पहरू गएका छैनन् र यस क्षेत्रमा लगातार शक्ति सञ्चय भैरहेको छ । यस्तो अवस्थालाई ‘सेस्मिक ग्याप’ भनिन्छ र यसो हुनु भनेको भूकम्पीय दृष्टिले खतरापूर्ण अवस्था हो ।
सेस्मिक ग्याप भएको क्षेत्रमा कुनै पनि बेला महाभूकम्प जाने सम्भावना रहन्छ । समग्रमा भन्नुपर्दा नेपालको लगभग सबै क्षेत्रमा भूकम्पीय जोखिम उत्तिकै छ र सबै क्षेत्रका बासिन्दाले उत्तिकै पूर्वसावधानी अपनाउनुपर्ने जरुरी छ । विज्ञानको एउट सिद्धान्त छ, ‘सर्भाइभल अफ द फिटेस्ट’ जो प्रकृतिसँंगै मिलेर बस्छ ऊमात्र जिउन सक्छ । प्रकृतिको विरुद्धमा गयो भने जोकोहीको पनि विनाश अवस्यंभावी छ । पृथ्वीको इतिहासमा कुनै पृथ्वीको सबै भाग कब्जा गरेर बसेको जीवहरू कालान्तरमा नष्ट भएका थुप्रै प्रमाणहरू छन् ।
भूकम्प पनि प्राकृतिक नियम हो, न टार्न सकिन्छ न भाग्न सकिन्छ । जसले यसका नियमहरू बुझ्छ र त्यसैअनुसार चल्न कोसिस गर्छ, ऊमात्र जिउन सक्छ, जसले भूकम्पका नियम बुझ्न सक्दैन वा यसका विरुद्धमा आफूलाई उभ्याउन खोज्छ, उसको विनाश पक्का छ । तसर्थ अब हामीले भूकम्पको नियम बुझ्नु, हाम्रा संरचनाहरूलाई भूकम्पमैत्री बनाउनु र अर्को महाभूकम्पको सामना गर्न तयारी अवस्थामा राख्नु बाहेक अर्को विकल्प छैन ।
यसका लागि नेपालको विस्तृत भौगर्भिक नक्साङ्कन, भूकम्पीय प्रक्रिया बारेमा गहिरो अध्ययन तथा अनुसन्धान, जमिनअनुसार भूकम्पीय असरको फरक बारेमा अनुसन्धान, अध्ययन अनुसन्धानबाट आएको ज्ञानलाई भौतिक संरचनाहरू निर्माणमा प्रयोग, भूकम्पमैत्री संरचना निर्माण गर्ने परिपाटीको थालनी, भूकम्पीय जोखिमको आधारमा सम्पूर्ण नेपाललाई विभिन्न क्षेत्र (जोन) मा वर्गीकरण गरी सोहीअनुसार नेसनल बिल्डिङ कोड लागु गरिनु तथा औपचारिक तथा अनौपचारिक शिक्षाको माध्यमबाट जनतामा भूकम्पीय चेतनाको अभिवृद्धि आदि गरिनु आवश्यक छ ।
साभार: टिभी अन्नपूर्ण

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter