शुक्रबार, २१ बैशाख २०८१

इजरायली सीमा नजिक हमासका हजारौँ समर्थकद्वारा प्रदर्शन, दस फिलिस्तीनी शहिद

१६ चैत्र २०७४, शुक्रबार २१:४४ मा प्रकाशित

गाजा सिटी, प्यालेष्टिनी क्षेत्र, १६ चैत (रासस÷एएफ्पी) ः इजरायली सीमा क्षेत्र नजिकै हमास समर्थक प्यालेष्टिनी नागरिकले हजारौँको सङ्ख्यामा उपस्थित भै प्रदर्शन गरेका छन् ।

सीमा क्षेत्रमा स्थानीय समय अनुसार शुक्रबार अपरान्ह् भएको प्रदर्शनमा कम्तिमा पाँच प्रदर्शनकारीको इजरायली सुरक्षाकर्मीको कारबाहीका कारण मृत्यु भएको छ भने कम्तिमा १५०  जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

महिला तथा बालबालिकासमेतको उल्लेख्य सहभागिता रहेको उक्त प्रदर्शनमा दशौँ हजार प्रदर्शनकारीले अमेरिकाद्वारा ल्याएको शान्ति प्रस्तावको विरोध गरेका छन् ।

प्रदर्शनमा सहभागी बनेका केही प्यालेष्टिनीहरूले सशस्त्ररूपमा सीमा क्षेत्रमा तैनाद गरिएका सुरक्षाकर्मीको बेवास्ता गर्दै अघि बढेपछि इजरायली पक्षबाट अश्रुग्यासका साथै केही राउन्ड गोली चलेको एएफ्पीका स्थानीय सम्बाददाताले बताए ।

गोलीबाट २०१ जना घाइते भएका प्यालेष्टिनी रेड क्रिसेन्टले जनाएको छ । गाजाका स्वास्थ्यमनत्रीले भने उक्त झडपमा चार जनाको मृत्यु भएको बताउनुभयो ।

इजरायलीे सेनाका अनुसार सीमाना क्षेत्रमा रहेका विभिन्न पाँच स्थानमा झण्डै १७ हजार प्यालेष्टिनीले हिंसात्मक प्रदर्शन गरेको र इजरायलले सीमा क्षेत्रको रक्षार्थ गरेको गोली चलाउन बाध्य भएको बताएको छ ।

इजरायली सेनामाथि प्यालेष्टिनीले पेट्रोल वम तथा टाएरमा आगो बाली विपक्षीमाथि आक्रमण गरेपछि सेनाले जवाफी कारबाही चलाउँदा दोहोरो झडप भएको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter