शुक्रबार, १४ बैशाख २०८१

लोकतन्त्र सुदृढीकरण र संघीयता कार्यान्वयनमा अमेरिकाले सहयोग गर्ने

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले आज शिष्टाचार भेट गर्नुभयो

१६ चैत्र २०७४, शुक्रबार २१:२४ मा प्रकाशित

काठमाडौँ, १६ चैत (रासस) ः वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले आज शिष्टाचार भेट गर्नुभयो ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत टेप्लिजले नेपालको लोकतन्त्र सुदृढीकरण र संघीयता कार्यान्वयनमा अमेरिकाले सहयोग गर्ने बताउनुभयो ।

भेटमा मन्त्री बस्नेतले विभिन्न तीन चरणका निर्वाचन सम्पन्न भएसँगै नेपाल लामो राजनीतिक संक्रमणबाट मुक्त भएकाले अब सरकार र सिंगो मुलुकको ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित भएको उल्लेख गर्नुभयो ।

मन्त्री बस्नेतले सरकारले अख्तियार गरेको समग्र समृद्धिको योजना कार्यान्वयनका लागि आफ्नो मन्त्रालयले वन तथा वातावरणका क्षेत्रबाट गर्ने कामको प्राथमिकता निर्धारण गरी योजना बनाइरहेको बताउनुभयो ।

मन्त्री बस्नेतले नेपाल र अमेरिकाबीच ७० वर्ष लामो कुटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै आगामी दिनमा थप प्रगाढ सम्बन्ध निर्माण गर्न सरकार तयार रहेको बताउनुभयो ।

भेटमा राजदूत टेप्लिजले नेपालमा ‘सफा हावा’ कार्यक्रमअन्तर्गत वातावरण मन्त्रालयसँगको सहकार्यमा कम्प्युटर सफ्टवेयर उपलब्ध गराउन लागेको जानकारी दिनुभयो । उहाँले नेपालको वन तथा वातावरण संरक्षणको क्षेत्रलाई ट्रम्प प्रशासनले प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter