शुक्रबार, १४ बैशाख २०८१

प्रधानमन्त्री आगामी साता भारत भ्रमणमा जाँदै

१६ चैत्र २०७४, शुक्रबार १९:१८ मा प्रकाशित

काठमाडौँ, १६ चैत (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत २३ देखि २५ गतेदेखि भारतको राजकीय भ्रमण गर्नुहुनेभएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओलीले भारतको भ्रमण गर्न लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य, मन्त्री, सांसद, नेपाल सरकारका सचिव तथा उच्च अधिकारी रहनुहुनेछ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति एम बेंकैया नायडूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने तथा आफ्ना भारतीय समकक्षी मोदीसँग औपचारिक वार्ता गर्नुहुनेछ । वार्तामा आपसी चासोका विषयमा विचार आदानप्रदान हुने परराष्ट्र मन्त्रालयले भ्रमणको औपचारिक जानकारी दिँदै आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीसँग भारतको केन्द्रीय सरकारका मन्त्रिपरिषद्का केही वरिष्ठ सदस्यले शिष्टाचार भेट गर्नुहुनेछ । उहाँ उत्तरखण्डको पन्त नगरस्थित गोविन्दबल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयमा आयोजना हुने कार्यक्रममा पनि सहभागी हुनुहुनेछ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter