शुक्रबार, ०७ बैशाख २०८१

सम्बन्धित जाति विशेषले बिदा पाउने

१५ चैत्र २०७४, बिहीबार २१:३१ मा प्रकाशित

काठमाडौँ, १५ चैत (रासस) ः गृहमन्त्री रामबहादुर थापाले जाति जनजाति विशेषले मनाउँदै आएको पर्वको बिदा कटौति नगरीएको स्पष्ट पार्नुभएको छ ।

सार्वजनिक बिदा कटौतिको निर्णय पुनरावलोकन हुनुपर्ने माग राख्दै आज गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएको नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले जाती, जनजाति, धर्म र सस्कृतिको संरक्षण एवम् संवद्र्धनमा सरकार गम्भीर रहेको बताउनुभयो ।

गृहमन्त्री थापाले भन्नुभयो, “केही बिदाको हकमा जुन जाति, धर्मले सो पर्व मनाउँछन्, उनीहरुको सो दिन बिदा पाउने र अन्य जाति तथा धर्मका नागरिकले नपाउने निर्णय मन्त्रीपरिषद्को बैठकले गरेको हो ।”

केही बिदा पनि कटौती गरिएको जानकारी दिदैं उहाँले निर्वाचनमार्फत विकास र समृद्धिका लागि जनताले आदेश दिएको र सो कार्यान्वयनको सन्दर्भमा अहिले रहेका धेरै बिदा अनुत्पादक हुने देखिएकोले मन्त्रिपरिषद्को बैठकले केही बिदा कटौतिको निर्णय गरेको उहाँले स्पष्ट पार्नुभयो ।

गृहमन्त्री थापाले बिदा कटौतिको क्रममा केही कमजोरी भएको भए छलफल र संवादका माध्यमबाट सच्याउन सरकार तयार रहेको बताउनुभयो ।

महासंघका अध्यक्ष जगतबहादुर बरामले ज्ञापनपत्र प्रस्तुत गर्दै आफुहरुसँग कुनै छलफल र परामर्श नगरी बिदा कटौति गरीएकोमा सच्याउन माग गर्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter