शुक्रबार, १४ बैशाख २०८१

बेनी–जोमसोम सडक शुक्रबारदेखि आठघण्टा बन्द हुने

१५ चैत्र २०७४, बिहीबार २०:१३ मा प्रकाशित

बेनी, म्याग्दी, १५ चैत (रासस) ः स्तरोन्नति कार्यलाई तीव्रता दिन बेनी–जोमसोम सडकखण्ड आठ घण्टा बन्द गरिने भएको छ ।

राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर सडकअन्तर्गत पर्ने ७६ किलोमिटर बेनी–जोमसोममा छ महिनादेखि विभिन्न चार खण्डमा कार्य भइरहेको छ । मुक्तिनाथ र दामोदरकुण्डको दर्शन, कागबेनीमा स्नान तथा मुस्ताङको प्राकृतिक सुन्दरतामा रमाउन स्वदेशी तथा विदेशी पर्यटकको चापका कारण निर्माणपक्ष र यात्रु दुवैलाई समस्या हुने भएपछि भोलि शुक्रबारदेखि आठ घण्टा सडक पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको कालीगण्डकी करिडोर सडक आयोजना मुस्ताङ प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter