बिहिबार, १३ बैशाख २०८१

कबुल गरे अनुसार सुन नल्याउँदा तसलिमकाे निकाह राेकियाे

१२ चैत्र २०७४, सोमबार ०९:३० मा प्रकाशित

कबुल गरे अनुसार सुन नल्याउँदा लहान नगरपालिका छरापट्टीमा बिहे रोकिएको छ ।

छरापट्टीका मोहम्मद सफियाकी छोरी मोहम्मद सम्जिला र सप्तरी कन्चनरुप नगरपालिका बदगामाका मोहम्मद तसलिम सेखका छोरा युनुस सेखबीच हुन लागेको बिहे सुन कम हुँदा रोकिएको हो ।

हिन्दू परम्परा अनुसार विवाह गर्दा गरिने स्वयंमबरलाई मुस्लिम समुदायमा निकाह भनिन्छ ।  बेहुलीका लागि सुनका गहना, लत्ताकपडालगायत सामान दिनु पर्छ । तर  भनेजति सुन बेहुला पक्षले नल्याएकाले विवाह नै रोकिएको छ ।

खुसीयाली छाइरहेका बेला माहोल बदलियो । जन्तीहरुबीच भागभाग मच्चियो । केहीले खाना खाए, केही नखाइ घर भागे । विवाह रोकिएपछि सम्जिला बेहोस् भइन् । उनलाई तत्काल अस्पताल भर्ना गरियो ।

बिहे रोकिएपछि बेहुला पक्षसँग दाइजो फिर्ता र खर्च भएको रकम बेहुली पक्षले मागेको थियो । जन्तीलाई राति नै बिदाइ गरिएको स्थानीय बताउँछन् । खर्च रकम र दाइजो फिर्ता लिन बेहुली पक्षले बेहुला, उनका बुवा र ठूलो वुवालगायत पाँच जनालाई रोकेर राखेको थियो । रातभर छलफल भए पनि विवाद प्रहरी कार्यालयमा पुगेको समाचारमा उल्लेख छ ।

लहान प्रहरी कार्यालयमा नमिलेको विवाद बेहुला पक्षले बेहुलीका बुवालाई एक लाख ८५ हजार रुपैयाँ तिरेपछि मिलेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter