बिहिबार, १३ बैशाख २०८१

उपराष्ट्रपति पुनलाई प्रमाणपत्र

४ चैत्र २०७४, आईतवार २०:१७ मा प्रकाशित

काठमाडौँ  । निर्वाचन आयोगले उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएका नन्दबहादुर पुनलाई प्रमाणपत्र प्रदान गरेको छ । 

उपराष्ट्रपतिको कार्यालयमा आर्इतबार साँझ आयोजित एक समारोहमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उपराष्ट्रपतिमा निर्वाचित हुनुभएका पुनलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

सो समारोहमा आयोगका आयुक्त, सचिव तथा कर्मचारीको उपस्थिति रहेको थियो ।

‘निर्वाचन वर्ष’ कुशलतापूवर्क सम्पन्न गरेकामा बधाई 

प्रमाणपत्र ग्रहणपछि उपराष्ट्रपति पुनले ठूलो बलिदानपछि प्राप्त भएको नेपालको संविधान कार्यान्वयन गर्ने सम्बन्धमा उपराष्ट्रपतिको निर्वाचन अन्तिम भए पनि ऐतिहासिक भएको बताउनुभयो । उहाँले यस वर्ष नेपालको इतिहासमा निर्वाचनको वर्ष भएकाले त्यसलाई कुशलतापूर्वक सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवादसमेत दिनुभयो ।

उपराष्ट्रपति पुनले भन्नुभयो, “सबै निर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकामा आयोगलाई म धन्यवाद दिन चाहन्छु । यो नेपालको इतिहासमा एउटा कोशेढुंगाका रुपमा स्थापित हुनेछ भन्ने मैले विश्वास लिएको छु ।”

एकै वर्षमा तीन तहको निर्वाचन स्म्पन्न गरेर इतिहास कायम गरेकाले आगामी दिनमा समेत यसले एउटा नमूनाको रुपमा काम गर्ने उहाँको भनाइ थियो । संविधान कार्यान्वयनको महत्वपूर्ण कार्यभार पूरा भएकामा खुसी व्यक्त गर्दै उहाँले अब नेपाल आर्थिक समृद्धि र विकासको चरणमा प्रवेश गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

निर्वाचन आयोगले आज मात्रै उपराष्ट्रपतिमा पुन निर्वाचित भएको घोषणा गरेको हो । उहाँको बाहेक अरुको उम्मेदवारी नपरेपछि उपराष्ट्रपति पुन पुनः दोस्रो कार्यकालका लागि उपराष्ट्रपतिमा निर्वाचित हुनु भएको हो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter