बिहिबार, १५ चैत २०८०

प्रदेशका हिसाबले कति सन्तुलित मन्त्रिपरिषद् ?

३ चैत्र २०७४, शनिबार १७:०३ मा प्रकाशित

काठमाडौं– केपी ओली नेतृत्वको २२ सदस्यीय मन्त्रिमण्डल प्रदेशका हिसावले कति सन्तुलित छ ?
प्रधानमन्त्री ओली प्रदेश १ निवासी हुन् । उनले झापाबाट चुनाव जितेका हुन् ।

प्रधानमन्त्रीबाहेक १७ जना मन्त्रीमा प्रदेश १ बाट एमालेका तीन मन्त्री आएका छन् ।
यहाँबाट माओवादीले मन्त्री पठाएन ।

प्रदेश २ मा एमालेबाट एक र माओवादीबाट २ गरी तीन मन्त्री छन् ।
प्रदेश ३ बाट पनि तीन मन्त्री आएका छन् । यहाँ एमालेबाट दुई र माओवादी एक मन्त्री आएका छन् ।

प्रदेश ४ मा एमालेबाट तीन मन्त्री हुँदा माओवादीबाट कोही अटाएनन् ।

प्रदेश ५ मा एमाले र माओवादीबाट दुई–दुई गरी चार मन्त्री आएका छन् ।
प्रदेश ६ मा एमालेबाट कोही मन्त्री आएनन्, माओवादीले एक जनालाई मन्त्री बनायो ।

प्रदेश ७ मा पनि एमालेबाट मन्त्रीमा कोही अटाएनन्, माओवादीले एक जनालाई समेट्यो ।

यसरी हेर्दा प्रदेश १ र ४ मा माओवादीबाट मन्त्री शून्य भए ।
प्रदेश ६ र ७ मा एमालेबाट मन्त्री शुन्य भए ।

राज्यमन्त्री कहाँबाट ?
चार जना राज्यमन्त्रीमा प्रदेश १ बाट रामकुमारी चौधरी (माओवादी) कोटाबाट आएकी छिन् ।
गोकुल बास्कोटा (एमाले) प्रदेश ३ बाट आएका छन् ।
पद्माकुमारी अर्याल (एमाले) प्रदेश चारबाट आएकी छिन् ।

धनबहादुर बुढा (एमाले) प्रदेश ६ बाट आएका छन् ।

२२ सदस्यीय मन्त्रीपरिषदमा ४ महिला
२२ सदस्यीय मन्त्रीपरिषदमा दुई मन्त्री र दुई राज्यमन्त्री गरी चार जना समेटिएका छन् ।
थममाया थापा र वीना मगर मन्त्री बनेका छन् ।
पद्माकुमारी अर्याल र रामकुमारी चौधरी राज्य मन्त्री बनेका छन् ।

प्रदेश –१
एमालेबाट
यूवराज खतिवडा (अर्थमन्त्री)
लालबाबु पण्डित (सामन्य प्रशासन)
माओवादीबाट
छैन
प्रदेश –२
एमालेबाट
रधुवीर महासेठ (भौतिक पूर्वाधार)
माओवादीबाट
गिरिराजमणि पोखरेल (शिक्षा)
मात्रिकाप्रसाद यादव (उद्योग)
प्रदेश–३
एमालेबाट
इश्वर पोखरेल (रक्षा)
शेरबहादुर तामाङ (कानुन)
माओवादीबाट
रामबहादुर थापा (गृह)
प्रदेश –४
एमालेबाट
रवीन्द्र अधिकारी (पर्यटन)
थममाया थापा (महिला)
जगतबहादुर सुनार (यूवा तथा खेलकुद)
माओवादीबाट
छैन
प्रदेश –५
एमालेबाट
गोकर्ण विष्ट (श्रम)
प्रदीप ज्ञवाली (परराष्ट्र)
माओवादीबाट
बर्षमान पुन (उर्जा)
चक्रपाणी खनाल (कृषि)
प्रदेश –६
एमालेबाट
छैन
माओवादीबाट
शक्तिबहादुर बस्नेत (बन)
प्रदेश –७
एमालेबाट
छैन
माओवादीबाट
बीना मगर (खानेपानी)

 

२२ सदस्यीय  मन्त्रिपरिषद्‌

 

क्र.सं.

नाम, थर

पद

कार्यविभाजन

श्री के.पी.शर्माओली

प्रधानमन्त्री

सहरी विकास र स्वास्थ्य तथा जनसङ्‌ख्या ।
श्री ईश्वर पोखरेल

मन्त्री

रक्षा ।
श्री रामबहादुर थापा

मन्त्री

गृह ।
श्री प्रदीपकुमार ज्ञवाली

मन्त्री

परराष्ट्र ।
श्री बर्षमान पुन

मन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइ।
श्री गिरिराजमणि पोखरेल

मन्त्री

शिक्षा, विज्ञान तथा प्रविधि ।
श्री मातृकाप्रसाद यादव

मन्त्री

उद्योग, वाणिज्य तथा आपूर्ति ।
श्री रघुबीर महासेठ

मन्त्री

भौतिक पूर्वाधार तथा यातायात ।
श्री गोकर्ण विष्ट

मन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षा ।
श्री शक्तिबहादुर वस्नेत

मन्त्री

वन तथा वातावरण ।
श्री लालबाबु पण्डित

मन्त्री

सङ्घीय मामिला तथा सामान्य प्रशासन ।
श्री थममाया थापा

मन्त्री

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक ।
डा. युवराज खतिवडा

मन्त्री

अर्थ ।
श्री जगतबहादुर सुनार (विश्वकर्मा)

मन्त्री

युवा तथा खेलकुद ।
श्री रविन्द्रप्रसाद अधिकारी

मन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन ।
श्री शेरबहादुर तामाङ

मन्त्री

कानुन,न्याय तथा संसदीय मामिला।
श्री चक्रपाणी खनाल

मन्त्री

कृषि, भूमि व्यवस्था तथा सहकारी ।
श्री बीना मगर

मन्त्री

खानेपानी ।

 

 

श्री पद्माकुमारी अर्याल

राज्यमन्त्री

स्वास्थ्य तथा जनसङ्‌ख्या ।
श्री गोकुलप्रसाद वाँस्कोटा

राज्यमन्त्री

सञ्‍चार तथा सूचना प्रविधि ।
श्री धनबहादुर बुढा

राज्यमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन ।
श्री रामकुमारी चौधरी

राज्यमन्त्री

कृषि, भूमि व्यवस्था तथा सहकारी ।

 

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter